26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

जनगणना २०७८ काे तयारी सम्बन्धी अन्तरक्रिया तथा छलफल

वीरगंज । राष्ट्रिय जनगणना २०७८ काे तयारी सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आज वीरगंजमा सम्पन्न भएकाे छ । तथ्यांक कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा वाेल्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनगणनाकाे तयारी तिहारी जस्ताे गर्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले १० बर्षमा एक पटक गरिने जनगणनालाई तिहारकाे रुपमा लिनु पर्ने र काेई नछुटाेस र काेई नदाेहाेरिने हिसाबले गर्नु पर्ने वताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जगणनाकाे लागि सबैकाे सहयाेग जरुरी रहेकाे वताए । उनले विगतकाे जनगणनाबाट पाठ सिखेर त्यस अनुसार गर्नु पर्ने वताए ।

जिल्ला प्रशासन कार्यालय परिसरमा रहेकाे कर्मचारी मिलन केन्द्रकाे भवनमा भएकाे कार्यक्रममा तथ्यांक कार्यालय पर्साका निर्देशक केशव ज्ञवाली जनगणना बारे प्रस्तुती राख्दै यस पालिकाे जनगणनाकाे लागि शिक्षक नघटाइने वताए ।

उनले अगामी जनगणना २०७८ जेठ २५ देखी असार ८ सम्म गरिने वताए । त्यसकाे लागि वीरगंज महानगरमा एक सय ५० र पर्साका अन्य स्थानिय तहमा ५ सय जना गणक घटाइने वताए । जनगणनाकाे लागि १२ कक्षा पासलाई गणक र स्नातक तह पासलाई सुपरभाईज नियुक्त गरिने उनले जानकारी गराए ।

अब हुने जनगणनाले वडा सम्मकाे तथ्यांक दिने उनले वताए । जनगणनाबाट सही तथ्यांक संकलन गर्नकाे लागि सबैकाे सहयाेगकाे जरुरी रहेको उनकाे भनाई थियाे ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, कार्यालय प्रमुखव वा प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:221. Generation time:5.137 sec. Memory consumption:81.48 mb