Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

हिन्दू राष्ट्रको लागि राष्ट्रिय गठबन्धन निर्माण गरिने

spot_img
spot_img

वीरगंज । काठमाण्डाैमा बसकाे हिन्दू परिषद नेपालकाे केन्द्रिय कमिटिको बिस्तारिक बैठक ११ बुन्दे निर्णय गर्दै सम्पन्न भएको छ ।

अनामनगर स्थित मधेस मीडिया हाउसको सभा हलमा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा बसेकाे बैठकले हिन्दू राष्ट्रको लागि राष्ट्रिय गठबन्धन निर्माण गर्ने, जनजागरण सभालाई निरन्तरता दिने, संगठन बिस्तार कार्यमा तीब्रता दिने, हिन्दूवादी अगुवाहरुलाई उचित सम्मानका साथ परिषदमा आबद्ध गराउने, मठ-मन्दिर सरसफाई कार्यलाई निरन्तरता दिने, एकादर्शीको दिन नेपाल भरी माछा, मासु बन्द गरौ अभियान संचालन गर्ने, छुवाछुत र बिभेद मुक्त समाज निर्माण अभियान संचालन गर्ने, धर्म परिवर्तन बिरुदको महाअभियान संचालन गर्ने, गौ संरक्षण एवं सम्बर्धन अभियान संचालन गर्ने, धार्मिक र सामाजिक कार्यलाई निरन्तरता दिने निर्णय गरेकाे छ ।

यस्तै सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्धन महाअभियानलाई तीब्रता दिनुकाे साथै १५ जनालाई देश भरीबाट केन्द्रिय कमिटिमा समाबेश गरेको छ ।

नवनियुक्त केन्द्रिय सदस्य चयन हुनेहरुमा अमरेन्द्र साह, शान्त बहादुर शाक्य, मनोज राउत, नबीन कुमार सिंह, मनोज मण्डल, साहेब ठाकुर, खगेन्द्र राज जोसी, बिष्णु ज्ञवाली, लोकनाथ भण्डारी, लोकनाथ पाण्डे, रीता झा, राजकुमार रौनियार, संतोष बस्नेत, राममान महर्जन, संजय अग्रवाललाई रहेका छन् ।

केन्द्रिय बिस्तारिक बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्षहरु बिजय गुप्ता, सुनीता रौनियार, महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, भरत सरार्फ, चितरंजन श्रीवास्तव, उमेश साह कानू, श्यामसुंदर राय, साधना यादव, अजिता देवी, गायत्री साह, हंसा साह, पिंकी महासेठ, सजना खटिवटा, राकेश चौधरी लगायतको उपस्थिति रहेको थियो । साथै आउदो साउन महीनामा नेपालीहरुको सुख, शान्ति र समृद्धि हेतु रथ यात्रा संचालन गर्ने समेत निर्णय गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...