29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य : मेयर सरावगी

वीरगंज । नवदिप एकडेमी साताैं बर्ष पुरा गरि आठाैं बर्षमा प्रवेश गरेको अवसरमा आयाेजिक बार्षिकाेत्सव कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रमकाे वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले पानसमा बती बाली उद्घाटन गरेका थिए ।

बिधालयले बिगत झै प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आएको बार्षिकाेत्सव कार्यक्रममा यस बर्ष खेलकुद कार्यक्रम गरि सम्पन्न भएको हो । बलबाललिकाको बिभिन्न शारिरिक तथा मानसिक बिकासका लागि अति आवश्यक खेलकुद भएकोले बार्षिकाेत्सवमा यो कार्यक्रम आयोजना गरिएको बिधालयकी निर्देशिका जोतसाना गुप्ताले बताइन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले बालबालिकाको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य रहेको कुरामा जोड दिए ।

कार्यक्रममा पोखरिया नगरपालिकाकी उप मेयर सल्मा खातुन, बीरगंज महानगरपालिका राजनितिक सल्लाहाकार मुकेश दुवेद्धी, समाजिक अभियान्ता प्रकाश थारु, शैलेन्द्र त्रिपाठी, डिन पर्साका अध्यक्ष शम्भु साह, प्रहरी निरिक्षक रबि भुषण यादब, अभिभावक लगायत बालबालिका सहित एक हजार भन्दा बढिको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव कार्यक्रममा शिक्षकद्वय गिता साह, शुस्मा मंण्डललाई बिधालयलाई योग्दान पुर्‍याए बापत प्रसंसा पत्र सहित दाेसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रम बिधालयकी निर्देशिका तथा प्रधानाध्यापिका सुशिला साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालक बाल अधिकारकर्मी जया साह र शिक्षिका नेहा अग्रवालले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:215. Generation time:3.578 sec. Memory consumption:81.48 mb