29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ऐतिहासिक मठमन्दिरको योजना बनाएरै संरक्षण : नगर प्रमुख सरावगी

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ऐतिहासि मठमन्दिरहरुको सरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । वीरगन्जको रानिघाटमा रहेको श्रीरामजानकि मन्दिर परिसरमा निर्माण भएको हनुमान मन्दिरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले यस्तो धारण व्यक्त गर्नुभएको हो ।

उहाले ऐतिहासिक रुपमा रहेको विरगन्जको रानीघाटको सार्वजनिक जग्गा तथा रामजानकी मन्दिर परिसरमा रहेको जग्गामा योजना बनाएर विकास गरिने धारणा व्यक्त गर्नु भयो । भूमाफियाहरुको कारण सार्वजनिक जग्गाहरु मासिदै गएको बताउदै स्थानिय निकायको निर्वाचन पछि आफुहरुले सार्वजनिक जग्गाहरुको सरक्षण तथा सम्बद्धनका लागि विभिन्न योजनाहरु सुरु गरेको बताउनु भयो ।

रामजानकी मन्दि संरक्षण सम्बद्धन समितिको सक्रियतामा वीरगन्ज महानगरपालिका, वडा समिती तथा स्थानियहरुको आर्थिक सहयोगमा लगभग ३ लाखको लागतमा निर्माण भएको हनुमान मन्दिरको उदघाटन कार्यक्रममा वडा अध्यक्ष प्रद्युमन सेढाइ, सरक्षण समितिका अध्यक्ष तारा राउत कुर्मि, सचिव राजन रौनियार लगयत विभिन्न दलका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:217. Generation time:3.846 sec. Memory consumption:81.48 mb