29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वर्डलिंक प्रयोगकर्तालाई सास्ती, कम्पनीलाई मस्ती

वीरगंज । वीरगंजमा वर्डलिंकको नेट एक महिना देखी डिस्टर्ब भएको छ । वीरगंज ८ पानीटंकी लगायतको क्षेत्रमा एक महिना देखी नेट राम्ररी नचलेको वर्डलिंग प्रयोगकर्ताहरुले वताएका छन् ।

लामो समय सम्म नेट राम्ररी नच्लेको कम्प्लेन वर्डलिंकको कार्यालयमा गर्दा पनि हाल सम्म सुधार नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । अरु भन्दा वर्डलिंग महंगो भए पनि नेटको स्पिड लगायतको सेवा राम्रो नरहेको सेवाग्राहीको गुनासो छ ।

वर्डलिंक प्रयोगकर्ताहरुको अनुसार एक महिना देखी नेट राम्ररी चलेको छैन् । नेटको नेटवर्क देखाए पनि राम्री चलिरहेको छैन् । वीरगंज पानीटंकीका अजय साहले भने “कुनै बेला चल्छ, कुनै बेला चल्दैन् त कुनै बेला चले पनि बिस्तारै चल्छ । यसको सिकायत बारम्बार वर्डलिंकको कार्यालहरु गर्दाको लामो समय पछि पनि सुधार हुन सकेको छैन् ।”

नेट डिस्टर्बका कारण वर्डलिंक प्रयोग गर्ने कार्यालयको कामकजमा समेत बाधा आइरहेको छ । वर्डलिंकको नेटको प्रयोग गर्ने केही मिडियाहरुको कामकाजमा समेत समस्या पुग्ने गरे ता पनि कम्पनीको लापरवाहीले गर्दा समस्या भोग्न बाध्य भएका छन् ।

केहीले वर्डलिंक अब प्रयोग नगर्ने सोच बनाए पनि कसैले ३ महिना, कसैले ६ महिना र कसैले एक बर्षको चार्च तिरिसकेका कारण प्रयोग गर्न बाध्य भएका छन् ।

वीरगंजमा सबभन्दा बढी वर्डलिंकको प्रयोगकर्ता भए पनि कम्पनीको लापरवाहीले गर्दा सेवाग्राहीलाई सास्ती भोग्नु परेको छ । तर यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन् ।

यस बिषयमा कम्पनीको कम्प्लेन शाखामा फोन सम्पर्क गर्दा वीरगंजको पानीटंकी क्षेत्रमा यस्तो समस्या देखिएको र समाधानको प्रयास भइरहेको वताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.792 sec. Memory consumption:81.48 mb