29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

संवाद संहजिकरणकाे लागि तेस्राे माेडेल एनिमेटर तालिम सम्पन्न

वीरगंज । संवाद संहजिकरणकाे लागि तेस्राे माेडेल ५ दिने एनिमेटर तालिम आज सम्पन्न भएकाे छ ।  नेपाल ग्रामिण पुनर्निमाण संस्था (आर.आर.एन.) काे आयाेजनामा हाेटल विजया ज्याेती वीरगंजमा भएकाे तालिम सम्पन्न भएकाे हाे ।

तालिमकाे समापन गर्दै बाराकाे परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साहले पहिलाे प्राथमिकता जिविकाेपार्जन हुनु पर्ने वताए । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेकाे अध्यक्ष साहले हामीले कृषीलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने धारण राखे ।

कतिपय मानिसकाे छाेरीलाई सामुदायिक र छाेरालाई निजी विद्यालयमा पढाउन रहर नभएर बाध्यता भएकाे उनकाे भनाई थियाे ।

हाम्राे समाजमा काम गर्न चुनाैति रहेकाे वताउदै उनले आत्म विश्वासकाे साथ अगाडी बढ्न तालिमका सहभागिहरुलाई सुझाव दिए । राम्राे कामकाे विराेध भए पनि पछि समर्थन पनि हुने गरेकाेले काम गर्ने समयमा नआत्न साहकाे आग्रह थियाे ।

कार्यक्रम व्यवस्थापक भानु पराजुलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी, आयाेजक संस्थाका वित्त अधिकृत रविन भण्डारी, बरिष्ठ संवाद अधिकृत युवराज कार्की लगायतकाे सहभागिता रहेकाे थियाे ।

चाइल्ड नेपाल र संरक्षण नेपालकाे सहकार्यमा भएकाे तालिममा भिम कुमार राई, प्रकाश पाण्डे, उमा राय माझी र सुनेश्वर साहले प्रशिक्षण दिएका थिए ।

किशाेरी सशक्तिकरणकाे लागि किशाेरी संवाद कार्यक्रम अन्तर्गत भएकाे तालिमका सहभागिहरुलाई तालिम प्रमाण पत्र र संवाद संचालन निर्देशिका भाग ३ समेत वितरण गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:218. Generation time:4.132 sec. Memory consumption:81.43 mb