2 April 2025
KALIKATIMES.COM

जिल्ला कृषि सहकारी संघ पर्साकाे आठौं बार्षिक साधारण सभा सम्पन्न

वीरगंज । जिल्ला कृषि सहकारी संघ लि. पर्साकाे आठौं बार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे साधारण सभाकाे उद्घाटन प्रदेश सांसद राजेशवर प्रसाद साहले गरेका थिए ।

सभाकाे उद्घाटन गर्दै सांसद साहले प्रदेश २ मा चुरे संरक्षण जरुरी रहेकाे वताए । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका साहले चुरे संरक्षण भएन भने आउने सन्ततीलाई ग्राहाे हुने समेत वताए ।

किशानकाे समस्या नबुझे सम्म प्रदेश समृद्ध नहुने वताउदै सांसद साहले किशानकाे समस्या समाधान नहुनुमा संघ र प्रदेश दुबै सरकार दाेषी रहेकाे आराेप लगाए । उनले भने “चिनिमिलहरुले किशानकाे पैसा नदिनुमा सरकार पनि दाेषी रहेकाे छ, संघ सरकारले मिलहरुलाई दिनु पर्ने १३ प्रतिशत रिफन्डिङ्ग भ्याटकाे पैसा नदिएका कारण दाेषी छ ।”

प्रदेश सरकारले ८ वटै जिल्लामा २०/२० कराेडकाे लागतमा काेल्ड स्टाेर बनाइरहेकाे जानकारी गराउदै उनले त्यसकाे जरुरी नरहेकाे धारणा राखे । उनले भने प्रदेश २ मा खान नपुगेकाे अवस्थामा काेल्ड स्टाेरकाे के काम, त्याे पनि ठुलाे ठुला व्यापारीहरुलाई ८० प्रतिशत अनुदानमा बनाउन दिनु राम्राे हाेइन् ।

उनले किशानहरुलाई तालिम दिन जरुरी रहेकाे समेत वताए । त्यसकाे लागि किशान पाठशाला स्थापना गर्न प्रदेश सरकार संग आफुले माग समेत गरि सकेकाे वताए ।

यसका साथै किशानकाे अनुदानकाे रकम सिधै किशानकाे खातामा जान्नु पर्ने व्यवस्था हुनु पर्छ । किशान समृद्ध नभए सम्म प्रदेश समृद्ध हुदैन् नेपाली कांग्रेसका नेता समेत रहेका सांसद साहकाे भनाई थियाे ।

कृषी सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहकाे अध्यक्षतामा भएकाे साधारण सभा उद्घाटन समाराेहमा राष्ट्रिय सहकारी विकास वाेर्डका सदस्य शम्भु गुप्ता, समाजबादी पार्टीका केन्द्रिय सदस्य फिराेज मंसुर, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, काेपरेटीभ मनेजर क्लब पर्साका अध्यक्ष जिस्नु बराल, जिल्ला किशान संघ पर्साका अध्यक्ष असर्फी साह, युवा साना व्यवसाय राेजगारी काेषकाे संयाेजक सुनिल राैनियार लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी वाेर्डका सदस्य गुप्ता, जिल्ला बचत सहकारी संघ पर्साका अध्यक्ष पंडित, काेपरेटीव मनेजर क्लब पर्साका अध्यक्ष बराल, पत्रकार शम्भु कुमार सुमन, समाजिक अभियान्ता प्रकाश थारु, युवा साना व्यवसाय राेजगारी काेषकाे संयाेजक राैनियार, कृषी सहकारी संघका लेखा समिति संयाेजक अरविन्द कुमार साहलाई प्रशंसा पत्रले सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रमकाे संचालन सिद्धनाथ कृषि सहकारी संस्थाका सचिव मनाेज यादवले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला कृषि सहरकारी संघका महासचिव जगदिश यादव र प्रतिवेदन प्रस्तुत लेखा समिति संयाेजक साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:220. Generation time:3.878 sec. Memory consumption:82.79 mb