2 April 2025
KALIKATIMES.COM

मुक्तिनाथ बैंकको वीरगंज शाखामा आगलागी, २० लाख जतिकाे क्षति

वीरगंज । मुक्तिनाथ बिकास बैंकको वीरगंज शाखामा गाएराति आगलागी भएको छ । वीरगंज लिंकरोडस्थित नगर विकास समितिको भवनमा रहेको बैंकको शाखा कार्यालयमा शुक्रबार राती ११ बजे आगलागी भएको हो ।

आगलागीबाट बैंकभित्र रहेको एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचर लगायतका समान र कागजपत्र जलेर नष्ट भएको बैंकका एक कर्मचारीले वताए । उनका अनुसार बैंकमा रहेकाे रकम भने सुरक्षित छ ।

आगलगीबाट २० लाख जतिकाे क्षति भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

वीरगंज महानगरपालिकाको दमकलको सहयाेगमा सुरक्षाकर्मी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.066 sec. Memory consumption:82.48 mb