24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज पानीटंकी स्थित अन्सारीकाे घर अगाडी फेला परेकाे बम डिष्पाेज

वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगंज ८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको छ ।

वीरगंजस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले नेकपाका नेता समेत रहेका अन्सारीको घर अगाडि राखिएको बस्तु बम नै भएको पुष्टि गरे । तर उनले कुन बम हाे भने भन्न नसकिने वताए ।

बमको बारेमा बढी जानकारी राख्ने दक्ष इन्जिनियर हेटौंडास्थित पृतनामा हुने भएकोले बरामद भएका समान थप अनुसन्धानका लागि हेटौंडा पठाउने तयारी भइरहेको उनले बताए ।

घर अगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यस क्षेत्रमा सर्वसाधरणलाई आवतजावत गर्न रोक लगाएर सेनालाई खबर गरेको थियो । बम कसले र किन राखेकाे बिषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.798 sec. Memory consumption:81.47 mb