24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंज पानीटंकी स्थित बसरुद्दिन अंसारीकाे घर अगाडी बम फेला

वीरगंज । नेशनल मेडिकल क्लेजका एमडी बसरुद्दीन अंसारीको घर अगाडी बम जस्ताे देखिने शंकास्पद बस्तु फेला परेको छ ।

बिरगंज महानगरपालिकाकाे वडा नं. ८ पानीटंकी स्थित रहेकाे एमडी अंसारीको घरकाे मुल गेटमा कालाे पलास्टिकमा राखिएकाे वम जस्ताे देखिने संकास्पद बस्तु फेला परेकाे हाे । शंकास्पद बस्तु फेला परेकाे ठाउँमा नेपाल प्रहरी र आर्मी पुगेकाे छ ।

शंकास्पद बस्तु फेला परेकाे ठाउँलाई आर्मीले आफ्नाे नियन्त्रणमा लिएर डिस्पाेज गर्ने कार्य गरी रहेकाे छ ।

एमडी बसरुद्दीन अंसारीको घर अगाडी विहान ७:३० बजे उनका परिवारजनहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । एमडी अन्सारी नेकपाका नेता समेत हुन् ।

अन्सारीकाे घर अगाडीकाे सडकमा आर्मीले आवागमनमा समेत राेक लगाएकाे छ भने त्यस क्षेत्रका बासी त्रसित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:221. Generation time:3.089 sec. Memory consumption:81.82 mb