24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सडकमा चिसोले कठ्यांग्रिएरका लागि जनता क्बलको राहत

वीरगन्ज । वीरगन्जका युवाहरुको एक समुहले बिहिबार राती नगरक्षेत्रमा चिसोले कठ्यांग्रिएर जीवन विताईरहेका गरिब तथा असहायहरुलाई न्यानो लुगा वितरण गरेकाे छ ।

समाज विकासमा सक्रिया भुमिका निर्वाह गर्न एक युवाहरुको समूहले गठन गरेका जनता युवा क्लब नामक संस्थाले नगरक्षेत्रको फुतपाटमा आकासमुनी जीवन विताईरहेको गरिब तथा असाहायहरुलाई न्यानो लुगा तथा केहि खाद्यान्त वस्तुहरु वितरण गरेको हो ।

वीरगन्जको घण्टाघर, आर्दशनगर, माईस्थान, बसपार्क, पावरहाउस लगायतको विभिन्न चौक चौराहामा खुल्ला आकाशमुनी जीवन विताईरहेका व्यक्तिहरुको राहतको लागि कम्बल, स्वीटर र विस्कुट वितरण गरिएको क्लबका अध्यक्ष मंसुर खाँनले बताए । उनले करिब १ सय जनालाई कम्बल, ८५ जनालाई स्वीटर र खानको लागि विस्कुट वितरण गरेको बताए ।

बढ्दो चिसोबाट राहत उपलब्ध गराउँनको लागि हाम्रो क्लबले समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बिहिबार राती नगरक्षेत्रमा रहेको गरिब तथा असाहायहरुलाई खोजी खोजी न्यानो लुगा तथा केहि खाद्यान्त वस्तुहरु राहत स्वरुप उपलब्ध गराएको बताए ।

यसअघि क्लबले वीरगन्जको नारायणी अस्पतालमा भर्नारत विरामीहरुको लागि फलफुल वितरण गरीसकेको छ । आउँने दिनमा पनि समाजिक क्षेत्रमा योगदान पु¥याउँने उदेश्यले विभिन्न क्रियाकलाप गर्ने तयारी गरीरहेको अध्यक्ष खाँनले बताए ।

राहत वितरण कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार महमद नसरुदिन मन्सुरी, सल्लाहकार सतपाल सिंह , उपाध्यक्ष रमाशंकर सिंह, सचिब महमद अयुब हुसेन, कोषाध्यक्ष महमद मेराज, सदस्यहरु भेनस श्रेष्ठ, रोहन साह, अमित कुमार, योगेन्द्र गुप्ता, राकेश जी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.568 sec. Memory consumption:81.48 mb