24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

योग दिवसकाे अवसरमा वीरगंजमा याेग शिविर

वीरगंज । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगर र जिवन विज्ञानको संयुक्त आयोजनामा योग दिवस मनाइएको छ ।

ग्रीन सिटीले ॅराष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ बुधबार आदर्शनगरको खुल्ला सडकमा पाँचौं राष्ट्रिय योग दिवस मनाएको हो ।

जीवन विज्ञानका धर्मराज सुवेदीले स्वास्थ्य शरीरका लागि योग अति आवश्यक रहेको बताए । उनका अनुसार अहिले मानिसमा सर्ने रोगभन्दा नसर्ने रोगको माहामारी बढेका छन् । सर्ने रोगबाट मृत्यु हुनेको संख्या घट्ने क्रममा रहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष सर्ने र नसर्ने रोगका कारण ८० देखि ९० प्रतिशत मानिसको मृत्यृ हुने गरेको बताए ।

शिविरमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, ट्राफिक कार्यालय पर्साका प्रहरी नायब निरिक्षक कमल नेपाली, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक प्रेमबहादुर खत्री, आदर्शनगर प्रहरी चौकीका प्रनानी सुर्यनारायण चैँधरी, जिवन विज्ञानका सबिता खरेल, बबिता रिजाल, प्रिती केडिया, सुनिता गौतम लगायत संचारकर्मी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी आत्मज्ञान प्रचारसंघ वीरगंजका उषा शर्मा र सुरेन्द्र साहले आत्मज्ञान सम्बन्धी विशेष जानकारी दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.224 sec. Memory consumption:81.48 mb