24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

थारु सम्बत् २६४४ र माघे संक्रान्ति वीरगंजमा पनि धुमधामकाे साथ मनाइयाे

वीरगंज । थारु सम्बत् २६४४ र माघे संक्रान्ति बुधबार वीरगंजमा पनि धुमधामकाे साथ मनाइएकाे छ । “समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागि सम्पूर्ण थारु समुदाय एक जुट बनाैं” मुल नाराका साथ विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइएकाे हाे ।

वीरगंजकाे आदर्शनगर स्थित रहेकाे स्वीमिङ पुलमा माघि (खिचडी) महाेत्सव आयाेजना गरिएकाे थियाे । माघी मूल समाराेह समिति पर्साकाे आयाेजनामा भएकाे एक दिने महाेत्सवमा थारु सांस्कृती झलक्ने घांटाे, सामाचकेवा, थारु पूर्वि नाच समेत प्रस्तुत गरिएकाे थियाे ।

माघी मूल समाराेह समितिकी संयाेजक विजया ओझैया र श्री अनुप दिप्नि मावि काेल्भी बाराका जग्गा दाता  परिवारका विपिन विहारी चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे महाेत्सव भएकाे थियाे ।

महाेत्सवमा स्थलमा घाेंङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ, तिल आदी थारु विशेष परिकारकाे स्टल समेत राखिएकाे थियाे ।

महाेत्सव अघि थारु सांस्कृतिक दवावमुलक प्रभातफेरीकाे समेत निकालिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:218. Generation time:2.724 sec. Memory consumption:81.5 mb