20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा ३ दिने योग शिविर सम्पन्न

वीरगंज ।  जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र वीरगंजद्वारा आयाेजित ३ दिने योग शिविर आज सम्पन्न भएकाे छ । “राष्ट्रिय एकता : योगको सान्दर्भिक्ता” मुल नाराका साथ स्वास्थ केन्द्र वीरगंजमा भएकाे शिविर सम्पन्न भएकाे हाे ।

नेपाल आयूर्वेद स्वास्थकर्मी समाज पर्साको सहकार्यमा पौष २८ गते देखि सुरु भएको ३ दिने योग शिवीर सम्पन्न भएकाे स्वास्थ्य केन्द्र वीरगंजका प्रशासन प्रमुख तथा वरिष्ठ कबिराज निरिक्षक नागेन्द्र पटेलले वताए ।

पर्साका निमित प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे शविरमा उप-अनुसन्धान निर्देशक कुमार खड्का, बारा जिल्लाका आयूर्वेद प्रमुख डा. शिवशंकर राय, पर्साका डाक्टर रमेश मिश्रा लगायत कार्यालयमा कर्यरत कर्मचारी, पतंजली पर्साका पदाधिकारी, व्यापारी लगायत सर्वसाधारणको सहभागिता रहेको  थियाे ।

शिविरमा भारतिय राजदुतावास वीरगंजका योग गुरु श्री पार्थ सारथी, कृष्ण ज्यूले याेग प्रशिक्षण दिएका थिए भने सहयोगीमा धिरेन्द्र कुमार सिंह रहेका थिए ।

शिविर स्थल मै स्वास्थ्य केन्द्र वीरगंजकाे आयाेजनामा रक्तदान कार्यक्रम समेत भएकाे थियाे । साे कार्यक्रममा ९ जना पुरुषले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डले वताए । रक्त संचार केन्द्रकी डिली माया श्रेष्ठ नेतृत्वकाे टाेलीकाे प्राविधिक सहयाेग रक्तदान कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:217. Generation time:3.016 sec. Memory consumption:81.48 mb