Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

यस बर्ष पनि वीरगंजमा “थारु (घिंचडी) माघी समाराेह” हुने

spot_img
spot_img

वीरगंज । थारु सम्वत् २६४४ औं तथा खिचडी माघी पर्वकाे २०७६ काे अवसरमा यस बर्ष पनि माघ १ गते “थारु (घिंचडी) माघी मूल समाराेह” हुने भएकाे छ । विगत बर्ष झै यस बर्ष पनि वीरगंज आदर्शनगर स्थित स्विमिङ्ग पुलमा समाराेह आयाेजना हुने आयाेजक थारु (घिंचडी) माघी मूल समाराेह समिति २०७६ ले साेमबार पत्रकार सम्मेलन गरी जनाएकाे छ ।

आदीवासी थारु समुदायकाे माघी (खिचडी) पर्व तथा थारु समुदायकाे नयाँ बर्षकाे शुभकामना आदान प्रदान, भाषा तथा सांस्कृतीकाे झलकका साथै माघी महाेत्सव सभ्य र धुमधाम संग मनाउन कार्यक्रम गर्न लागिएकाे माघी मूल समाराेह समितिकी संयाेजक विजया ओझैयाले वताईन ।

उनले यसका साथै राष्ट्रमा आदिवासी थारु समुदायकाे राजनैतिक, सांस्कृतिक, भाषिक, आर्थिक समानता, समाजिक एकवद्धता, राज्यकाे हरेका निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सहितकाे हक अधिकारकाे लागि पनि समाराेह हुदै आएकाे वताईन ।

वीरगंज मूर्ली स्थित रहेकाे नेपाल पत्रकार महासंघ पर्सामा भएकाे पत्रकार सम्मेलनमा वाेल्दै संयाेजक ओझैयाले विगतका बर्ष झै यस बर्ष पनि समाराेह स्थल मै रक्तदान कार्यक्रम समेत हुने वताइन ।

समाराेह भन्दा पहिला थारु सांस्कृतिक दवावमुलक प्रभातफेरीकाे समेत आयाेजना हुने छ । समाराेहमा थारु सांस्कृती झलक घांटाे, सामाचकेवा, थारु पूर्वि नाच आदी यस बर्ष पनि प्रस्तुत गरिने छ । यसका साथै गत बर्ष झै यस बर्ष पनि समाराेह स्थलमा घाेंङ्गी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाइ, तिल आदी थारु विशेष परिकार राखिने छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मूल समाराेह आर्थिक समितिका परमान्द चाैधरी, प्रचार प्रसार समितिका शम्भु महताे थारु, प्रकाश थारु, एन्जल चाैधरी, नन्द किशाेर पंजियार, सांस्कृतिक समितिका दिपेन्द्र चाैधरी, मनाेज चाैधरी, पुनम चाैधरी लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...