21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा सुविधा सम्पन्न जेन्स पार्लर सञ्चानमा

वीरगंज । बीरगंजमा सुविधा सम्पन्न जेन्स पार्लर सञ्चानमा ल्याईएको छ । एक वर्ष अगाडी बीरगंजको घण्टाघरमा सञ्चालनमा ल्याईएको द व्रोदर गु्रपको जेन्स पार्लर ग्राहकको रोजाईमा पर्न सफल भएपछी आज दोस्रो शाखा बीरगंजको पानीटंकी चोकमा सञ्चालनमा ल्याईएको हो ।

पार्लरको उद्घाटन गर्दै तरुण दल बाराका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी लोकेश सिंहले युवाहरुलाई आफ्नै देशमा केही गर्न सकिन्छ भनेर राम्रो उदाहरण यो पार्लर भएको बताउनु भयो । उहाँले सानो सानो काम गर्न नेपालीहरुले मन नगर्ने तर बिदेशमा गएर जस्तो सुकै पनि काम गर्न तयार हुने कारणले गर्दा नेपाली युवा बेरोजगार हुन परेको बताउनु भयो ।

अध्यक्ष सिंहले सानो सानो काममा मन लगाएर गर्न सके त्यसबाट धेरै आम्दानी गर्न सकिने भएकाले यस्ता काममा युवाहरुको मनजानु पर्ने बताउनुभयो । विविएस पढ्दै गरेका युवाहरुले दिउसोको खाली समयमा काम गरेर आफ्नो पढाई खर्च जोहो गर्नु आफैमा निकै गौरवको बिषय भएको बताउदै उहाले तन मन धन लगाएर ईमानदारीताका साथ व्यवसाय गर्न आग्रह गर्नुभयो ।

पार्लरमा मसाज देखि कपाल काट्ने कपालमा कलर गर्ने मेकअप लगाएत सबै खाले सुविधा रहेको प्रोपाईटर रिशाल रमन शाहले जानकारी दिनुभयो । उहाँले पार्लरबाट अध्याधुनिक प्रविधि मार्फत सेवा प्रदान गरिने बताउदै एक पटक आफनो पार्लरमा आएर सेवा लिन समेत आग्रह गर्नुभयो ।

द व्रोदर गु्रपमा विपनी गुप्ता, राजेश ठाकुर लगाएत विविएस अध्ययन गर्दै गरेका दश जना युवाहरुले रोजगारी पाएका छन् । आज भएको उद्घाटन कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक दिपक शाह, परवानी गाउँपालिकाका सदस्य सञ्जु शाह, तरुण दल बाराका क्षेत्रीय सभापति राज किशोर गुप्ता लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:2.677 sec. Memory consumption:81.47 mb