2 April 2025
KALIKATIMES.COM

कालिकामाईमा तालिम संचालन रहेकाे काेठामा स्थानियद्वारा तालाबन्दी

kalikamaima tala_kalikatimes

अनिल साह/दिपेन्द्र यादव //

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ प्रशुरामपुरमा संचालित एक तालिमका सहभागिहरु तालिम संचालन रहेकाे काेठा भित्र नै थुनिएका छन् ।

श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय कट्टी बलुवामा संचालित प्रदुषण र फोहोर मैला ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमका सहभागिहरु रहेकाे काेठामा नै स्थानिय वडा वासीहरु तालाबन्द गरेका हुन् । गाउँपालिकाकाे आयाेजनामा भईरहेको तालिममा अनियमितता भएकाे बिरोधमा स्थानियहरु तालाबन्दी गरेका थिए ।

स्थायिवासीहरुको अनुसार बिधालय चलिरहदा तालिमको लागी बिधार्थीहरुलाई कक्षा कोठाबाट हटाई तालिम संचालन गरिएकाे थियाे । यसका सथै वडा कार्यालयले कुनै काममा आफनै पार्टीका मान्छेलाई राख्दै आएकोले आज बाध्य भएर विरुद्ध गर्नु परेको स्थानियहरुकाे भनाई छ ।

गैस चुल्हो देखी औषधी छर्ने टयांकी सम्म आफनै पार्टीका मान्छे र आफ्ना घरपरिवारलाई दिएको र तालिममा पनि साविक वडा नम्बर २ का कुनै महिलालाई सहभागी नगराएकोले बिरोध गरिएको रंजित कुमार साहले बताए ।

वडा कार्यालयले गर्ने हरेक काममा सबै जात जाती, टोलवासी, साविकको वडाको ख्याल गर्नु पर्ने भन्दै महिलाहरुको तालिममा पनि आफनो साविक वडा नम्बर २ को सहभागीता नभएको भन्दै बिरुद्ध गरिएको स्थानिय लक्ष्मण साह गोढले बताए ।

तालिममा साबिकको प्रत्येक वडाबाट २० जनालाई सहभागी गराउनु पर्ने भएकोले साविकको वडा नम्बर २ को महिलाहरुको तालिममा सहभागी नगराई बेवास्ता गरिएकोले तालिमलाई अवरुद्ध गरिएको स्थानियहरुको भनाई छ ।

तालिम अवरुद्ध भए पछि प्रहरी र जनप्रतिनिधी पुगे पछि केही छिन समान्य विवाद र झडप समेत भएको थियो । प्रहरीले तालालाई फाेडेर सहभागिहरुलाई तालिम कक्षबाट बाहिर निकालेका थिए ।

यस बिषयमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा संग बुझ्दा आफुलाई केही थाह नभएकाे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिए ।

वडा नं. ४ का वडाध्यक्ष हिरओम साह कलवार साविक गाबिस प्रशुरामपुरकाे वडा नं. १ देखी ९ सम्मकाे लागि तालिम संचालन भएकाे वताए । उनले भने “जनचेतना कार्यक्रम अन्तर्ग गाउँपालिका स्तरिय तालिम भइरहेकाे थियाे, साेही क्रममा विवाद भएकाे हाे । म भ्रखर तालिम स्थल पुगेकाे छु, वडा नं. ४ काे एक सय ८० जनाकाे लागि तालिम संचालन गरिएकाे हाे । बजेटकाे बिषयमा साेध्दा आफुलाई थाह नभएकाे र सचिव संग साेध्नु पर्ने वताए ।

यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहकाे संग बुझ्न उनकाे माेबाइलमा सम्पर्क गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन ।

त्यस पछि गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल राैनियार संग बुझ्दा बजेटकाे बिषयमा आफुलाई पनि थाह नभएकाे वताए ।

त्यस पछि गाउँपालिकाका उप प्रमुख राजेश चाैरसिया र लेखापाल मन्दिप महताे संग सम्पर्क गर्न प्रयास गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन । वडा सचिव बिक्रम चाैरसियाकाे फाेन लागे पनि नउठेका कारण सम्पर्क हुन सकेन ।

गाउँपालिकाका विभिन्न जिम्मेवारी व्यक्तिहरुलाई नै तालिमकाे बजेटकाे बिषयमा सांचिकै थाह नभएका हुन् कि थाह भएर पनि अनियमितता बाहिर आउने डरले बुझ पचाएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:220. Generation time:2.664 sec. Memory consumption:82.79 mb