Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पक्राउ परेका काठ तस्कर कार्यालय परिसरबाट नै भाग्न सफल

spot_img
spot_img

वीरगंज । सव डिभिजन वन कार्यालय बढनियार पर्साले पक्राउ गरेकाे एक काठ तस्कर कार्यालय परिसरबाट नै फरार भएका छन् । शुक्रबार माेटरसाइकल सहित पक्राउ परेका पर्सागढी नगरपालिका वडा नं. ५ जिङ्गना निवासी रम्भु ठाकुर व्यान लिने क्रममा छत माथीबाट हाम फालेर भागेकाे वन कार्यालय बढनियारका प्रदिप तिमिल्सिनाले वताए ।

रुख काटेर ढालि सकेकाे अवस्थामा पक्राउ परेका ठाकुर शुक्रबार सांझ कार्यालय परिसरबाट नै भाग्न सफल भएका हुन् । उनले प्रयाेग गरेका ना ११ प ९६०९ नम्बकरकाे बक्सर माेटरसाईकल र माेबाइल वन कार्यालय बढनियारकाे हिरासतमा रहेकाे तिमिल्सिनाले वताए ।

तिमिल्सिनाले भने “साे दिन घाम लागेकाे थियाे, त्यही भएर छत माथी लगेर कार्यालय प्रमुख शसिकान्त तिवारी सरले व्यान लिई राख्नु भइरहेकाे थियाे । हामी त्यही थियाैं, साेही क्रम छत माथीबाट नै हाम फालेर उ भाग्न सफल भयाे ।”

तर यता वन कार्यालय बढनियारका कार्यालय प्रमुख तिवारी र सहायक प्रमुख तिमिल्सिनाले नै भागाएकाे शंका गरिएकाे छ । यस बिषयमा बुझन कार्यालय प्रमुख तिवारीलाई फाेनमा सम्पर्क गर्दा अहिले म एउटा मिटिङ्गमा छु, एक छिन पछि कुरा गर्छु भनेका थिए । केही समय पछि फाेन बनाएका कारण तिवारी संग पुन: सम्पर्क हुन सकेन ।

वन कार्यालय बढनियारमा थुप्रै कर्मचारी हुदा हुदै एउटा काठ तस्कर कसरी भाग्न सफल भयाे भने कुराले सबलाई चकित बनाएकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...