Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

बार्षिकोत्सवकाे अवसरमा स्वास्थ्य शिविर

spot_img
spot_img

वीरगंज । आशा किरण केन्द्र बिरगजको वार्षिकोत्सबको अवसरमा सुस्त मनिस्थिति, मस्तिष्क पक्षघात जस्ता बालबालिकाहरुका लागि आयाेजित नि:शुल्क स्वास्थ परिक्षण शिविर सम्पन्न भएकाे छ ।

स्वास्थ्य परिक्षण शिविरमा काठमाडौंका डाक्टर प्रज्ञा कर्मचार्या, मनोज शाह, बिनेस शाक्यको टोलिले आज पहिलो दिन मस्तिष्क पक्षघात भएका करिव ४४ जना बालबालिकाहरुको पहिचान गरेका छन । शिविरमा बाल विशेषज्ञ डा. अशोक दास, डा.सन्जय अग्रवाल, हाइटेक डेण्टलका राजेस स्वर्णकार एवं माट्रिका आइफाउण्डेसनका डाक्टरहरुबाट समेत करिब ११५ जना बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरिएको थियाे ।

केन्द्रका अध्यक्ष पृथ्वीराज भन्डारिको सभापतित्वमा संचालन गरिएकाे शिविर ब्यवस्थापनका सम्पुर्ण कार्य संस्थाका संस्थापक सुनिल गुप्ता, महासचिव ममता राजकर्निकारले गरेका थिए । बालबालिकाहरुलाई शिविरमा स्वयंसेवकको रुपमा नुतन सरावगी, अनिसकात कुश्वाहा, बिनय गुप्ता, रजनी बर्मा, सिन्धु कुश्वाहा, पुजा चौधरी, अनिल चौधरी, श्याम सरार्फ, कमलेस कुश्वाहा, अन्जली गर्ग लगायत स्वास्थ्यकर्मिहरुले सहयोग गरेका थिए ।

शिविरको प्रशंसा नेपाल नेत्र ज्योती संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, रेडक्र्स पर्साका उपसभापति श्रीमती मधुराणाले गर्दै शुभकामना दिनु भएको थियोे । स्वास्थ्य शिविर १२ र १३ गते दुई दिन सिद्धार्थ मा.बि. श्रीपुरमा रहेका आशा किरण केन्द्रको कार्यालयमा संचालन हुनेछ भने बार्षिक कार्यक्रम भोलि १३ गते स्वास्थ्य शिविर पछि संचालन हुने सचिव एवं स्वयंसेवक राजन श्रीवास्तवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...