Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

मदिराको टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु

spot_img
spot_img

बारा घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखिया बिनको घरभित्र बनाइएको भूमिगत ट्याङकीभित्र मुखियासहित पाँचजनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारतको बहुकठवाका ५५ वर्षीय गुलाबचन्द मुसहर रहेका छन्।

घरेलु रक्सी उत्पादनका लागि घरभित्रै बनाइएको भूमिगत टयाङ्कीमा बुधबार बेलुकी साढे ७ बजेतिर गुलाब चन्द पसेका थिए। टयाङ्कीभित्र पसेका गुलाब चन्द, बाहिर ननिस्किएपछि उनलाई हेर्न टयाङ्कीभित्र पालै पालो पसेका घरमुली जोगासहित अरु चार जनाको पनि मृत्यु भएको हो। जोगा मुखियाको घरमा लामै समयदेखि अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको थियो।

गत भदौ २३ गते प्रहरीले उनको घरमा छापा मारेर छतमा बनाइएको रक्सी उत्पादन गर्ने भट्टी र भाँडाकुडा नष्ट गरेको थियो। त्यसपछि मुखियाले घरभित्र नै सिमेन्टको भूमिगत टयाङ्की बनाएर फेरि घरेलु रक्सी उत्पादन गर्दै आएका थिए।

मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ।

पक्की घरभित्र चारैतिरबाट पर्खाल लगाएर जमिन मुनि बनाइएको झण्डै ५ फिट गहिरो भूमिगत टयाङ्कीभित्र मदिरा बनाउनका लागि कुहाइएको वस्तुबाट विषाक्त ग्यास बन्न गइ अक्सिजनको कमीका कारणले निसास्सिएर उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ। तर मृत्युको यकिन कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

 बुधबार राति टयाङ्की भित्रबाट शव निकाल्ने क्रममा अक्सिजनको कमी हुन गइ प्रहरीसमेत बेहोश हुने अवस्था आएपछि टयाङ्कीको दुईतिरको पर्खाल भत्काएर शव निकालिएको बुधबार राति घटनास्थलमा पुगेर फर्किएका बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले बताए।

प्रहरीले मृत्युको यकिन कारण खुल्न नसकेको बताए पनि स्थानीयले भने घरेलु मदिरा उत्पादनका लागि बनाइएको भूमिगत टयाङ्कीभित्र पसेका बेला करेन्ट लागेर पाँचै जनाको मृत्यु भएको हुनसक्ने आशंका गरेका छन्।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...