Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

तिलावे खोलामा अचेत फेला परेका युवकको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिकाको वडा नं. ६ स्थित तिलावे खोलाको किनारमा मंगलबार अचेत अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ ।

खोला किनारमा सांझ ६ः३० बजे अचेत अवस्थामा फेला परेका पर्सागढी नगरपालिकाको वडा नं. ७ निवासी बर्ष ३५ का उमेश रामको उपचारको लागि अस्पताल लगिने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी कार्यालय पर्साका अनुसार तिलावे खोलामा एक जना अचेत अवस्थामा छन भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय इकटांगाका पर्साबाट तत्कालै प्रहरी टोली घटना स्थलमा खटी गई निजलाई उपचारको लागि स्थानिय अस्पतालमा पुर्याउँदा बाटोमा नै मृत्यु भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...