Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

मधेश आन्दोलनका घाईते तथा शहीद परिवार मधेशी नेताहरुबाट नै अपमानित

spot_img
spot_img

वीरगन्ज । मधेश आन्दोलनका घाईते तथा शहीद परिवारलाई मधेशवादी दलकै शिर्ष नेताहरुले सहयोगको गर्नुको साट्टो अपमानित गरेको खुलासा गर्दै मधेशी दल र प्रदेश २ को सरकार विरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

बारा, पर्सा, रौतहट र सर्लाही गरी चार जिल्लाका मधेश आन्दोलनमा भएका घाईते तथा शहीद परिवारका सदस्यहरु सोमबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मधेस आन्दोलनको मुद्धा सम्बोधन नभएको र आफुहरु पनि बिचल्लीमा परेको भन्दै मधेसी दल र प्रदेश सरकार विरुद्ध आन्दोलनको चेतावनी दिएका हुन् ।

०६२/०६३ देखिको २०७२ सालमा भएको मधेश आन्दोलनका घाईते तथा शहीद परिवारलाई मधेशवादी दलका शिर्षनेताहरुले अहिले सम्म कुनै प्रकारको सहयोग नगरेको र उल्टै जागिरको नाममा शहीद परिवारलाई नै अपमानित गर्ने गरेको खुलासा गरेका हुन । २०७२ सालको मधेश आन्दोलनमा शहीद भएका वीरगन्ज २२ भवानीपुरका दिलिप चौरसियाका दाई पृथ्वीनारायण चौरसियाले आन्दोलन ताका गरिएको वाचा मधेशवादी नेताहरुले पुरा नगरेको गुनासो गरे ।

उनले भने, आन्दोलनमा शहीद हुने परिवारलाई ५० लाख क्षतिपुर्ती, घाईतेको आजिवन उपचार खर्च, घरका एकजना सदस्यलाई सरकारी जागिर लगायतको सुविधा दिने वाचा गरिएपनि हाल सम्म कुनैप्रकारको सुविधा पाएको छैन । स्थानिय निकायको चुनावमा समेत मधेसी नेताहरुले शहीद तथा घाईते परिवारको घर घरमा पुगेर उचित सम्मान गरिने प्रतिबद्धता जनाएर भोट बटुलेका नेताहरु अहिले मुख समेत देखाउँन आएका छैनन् ।

केहिलाई करारमा पियन स्तरमा जागिर दिएपनि शहीदलाई अपमानित गर्ने काम भएको छ । उनीहरु संग कार्यालयमा झाडुपोछा, जुठो भाडाकुडा मजाउँने, पानी मगाउँने लगायका तल्लो स्तरको काम गराएर अपमानित गरेको उनले बताए । शहिदका परिवारलाइ १० लाख र घाइतेहरुलाइ ३ लाख रुपैया दिएर टारिएको तर भाषणका बेला दिने भनिएको ५० लाखको कुरा नेताहरुले अहिले सुन्नै नचाहेको उनले बताए ।

प्रदेश सरकारले गाँउकै स्वास्थ्य चौकीमा सिएमए पदमा करारमा नियक्त गरिएको भनेर दिएको पत्र नै गलत रहेको भन्दै सच्याएर ल्याउन महानगरपालिकाले जवाफ दिएपछि मुख्यमन्त्री कार्यालयमा एक महिना देखि धाउदा पनि कुनै सुनुवाइ नभएको उनले बताए । तर अहिले सम्म हाजिर त्यका प्रमुखले हाजिर हुन दिएको छैन ।

उनले भने, नियुक्ती पत्र लिएर कार्यालयमा जाँदा त्यहाँका प्रमुखले तपाईको पत्र नै गलत छ भनेर फर्काए । वीरगन्ज महानगरपालिकाको गुनासो लिएर मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी संग चार चार पटक भेट्न जाँदा समेत आफूलाई चिन्न मानेन् । अर्का मधेश आन्दोलन २०७२ का घाईते बाराको कलैया नगरपालिका १२ शितलपुर निवासी जितेन्द्र प्रसाद यादवले संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहँदा पनि मधेश आन्दोलनको घाईतेहरुको अहिले सघन उपचार गराउँन नसकेको गुनासो गरे ।

उनले प्रदेशमा मधेशवादी दलहरुको नै सरकार छ, केन्द्र सरकारमा पनि मधेशवादी नेताहरु सहभागि छन तर घाईते तथा शहीद परिवारलाई उचित व्यवस्थापन गर्न नसकेका बताए । घाईते यादवले सरकारमा सहभागि नहुदाँ आफूहरु सरकारमा सहभागिता हुन सकेको छैन, कसरी समस्या समाधान गर्ने भनि आलटाल गर्दै आएका नेताहरु अहिले प्रदेश र संघीय सरकारमा सहभागिता रहेपनि घाईते तथा शहीद परिवारको उचित व्यवस्थापन गर्न सकेनन् ।

मधेशीले दिएको बलिदानीकै कारण आज नेताहरु सत्तामा छन, चुनावमा शहीद वा घाईतेका परिवारलाई समानुपातिक सिट दिनुपर्नेमा आफनै भाई, बुहारी, श्रीमती, आफन्त वा अरु संग पैसा लिएर सिट विक्री गरे तर एकजना पनि घाईते वा शहीद परिवारका सदस्यलाई समानुपातिकको सिट दिएर सम्मान गरेन् । अहिले सरकारमा बसेर मौज गरीरहेका छन र हामी घाईतेहरु अन्योलमा छौ, उनले भने, प्रदेश सरकारले एउटा उपलब्ध गराएको भैसीलाई पालेर जिवन चल्दैन, भैसी पाल्न समेत २ जना घरका सदस्यहरु दिनरात लागि परेका छन त्यसमा पनि २ सय खर्च गरेपछि ३ सयको दुध दिन्छ के यसले आफनो जिवन धाउँन सक्छ । उनको प्रश्न थियो ।

हाम्रो आन्दोलन नेताहरुलाई मन्त्री, मुख्यमन्त्री बनाउँनको लागि भएको होईन, रौतहट गौर नगरपालिकाका ४ का अर्का घाईते लालबाबु पटेलले भने, स्वायत मधेश एक प्रदेश, समावेशिता र आफनो पहिचानको लडाईको लागि आन्दोलन भएको थियो । तर नेताहरुले आन्दोलनको मर्म नै नबुझी आफनो सत्ता र भत्ताको लोभमा स्वायत मधेश प्रदेशको मुद्दा छाडे्र २२ जिल्लाबाट ८ जिल्लामा सिमित गरेका छन ।

वरिष्ठ नेताहरु आन्दोलनमा लामो भाषण गरेर मधेशीलाई उक्साएर आन्दोनललाई सफल बनाउँन लगाए आज आएर ती आन्दोलनका घाईते र शहीद परिवारलाई विचल्लीमा पारेका छन उनले भने, कोहि नेता अहिले सम्म मुख समेत हेराउँन आएका छैन । सत्तामा पुगेपछि मधेस आन्दोलनका मुद्धा बिर्सिएका मधेसी दलका नेताहरुले शहिदका परिवार र घाइतेलाइ पनि वेवास्ता गरेको भन्दै पर्साको कालीकामाइ गाँउपालिका १ का राजेश्वर साह कानुले गोली लागेर खुटटा काट्नु परेपछि कृत्रिम खुटटा लगाएको र यसको सोल फेर्न हरेक वर्ष २० हजार खर्च आफैले गर्दै आएको बताए ।

उनीहरुले आफनो माँगलाई १५ दिनको अल्टिमेटम दिएर मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँने त्यसदिन भित्र कुनै सुनवाई नगरे प्रदेश सरकार विरुद्ध सडकमा उत्रिने चेतावनी समेत दिए । घाईते तथा शहीद परिवारका तर्फबाट अगुवाई गरेका सर्लाहीका ठागाराय यादवले घाईते तथा शहीद परिवारका उचित माँग मधेशवादी नेताहरुले यथाशिघ्र सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...