Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

स्थानियहरुद्वारा अनैतिक गतिविधिमा समातिएका महिलाहरु माथी कर्वाहीको मांग

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. ६ का प्रसौनीका सयौं स्थानियहरु जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी अनैतिक यौन गतिविधिमा समातिएका महिलाहरु माथी कर्वाहीको मांग गरेका छन ।

वडाध्यक्ष सहित चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीमा निश्पक्ष छानविन गरी दोषी उपर कर्वाही हुनु पर्ने उनीहरुको मांग छ । स्थानियले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई भेटेर घटनाको निश्पक्ष छानविन गरी मुख्य दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न माँग गरेका हुन ।

प्रसौनी गाउँका स्थानिय राधिका पटेल, सुरसती पटेल र गिता हजरा दुसादले आफूमाथि हातपात गरी दुव्र्यहार गरेको भन्दै कारवाही गर्नको लागि वडा अध्यक्ष अयोध्या प्रसाद कुर्मी, स्थानिय मनोज पटेल, सन्दीप पटेल, मिश्रीलाल प्रसाद कुर्मी विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

उजुरी परेपछि प्रहरीले घटनाको अनुसन्धान गर्नको लागि वडा अध्यक्ष सहित पाँच जनालाई पक्राउ गर्न प्रहरी समेत खटाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यही भदौ २० गतेका दिन स्थानिय महिलामाथि वडा अध्यक्ष सहितको व्यक्तिले कुटपिट गरी दुव्र्यहार गरेको भन्दै उजुरी परेपछि अनुसन्धानको लागि उनीहरुको खोजी कार्य भईरहेको प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले बताए ।

तर स्थानियले तीन जना महिलानै मुख्य दोषी रहेको आरोप लगाउँदै उनीहरुलाई पक्राउ गरी निश्पक्ष छानविन भए घटनाको यथार्थ बाहिर आउँने स्थानियहरुको मांग रहेको छ । गाउँमा अवैध योनधन्दा चलाई पुरै समाजलाई नै बदनाम गराई रहेको अवस्थामा यही भदौ १९ गते राती १२ बजेको समयमा दुई जना युवकलाई स्थानियले पक्राउ गरेको थियो ।

तीनैजना महिलाले आफनै घरमा यौनधन्दा चलाई रहेको भनि आएको सूचनाको आधारमा स्थानियले राती १२ बजे उनीहरुको घरबाट पोखरीया नगरपालिका वडा नम्बर ४ का अर्जुन गिरी र नाजिर मियाँ तेलीलाई समेत पक्राउ गरेका थिए ।

दुवैजनालाई स्थानियले पक्राउ गरे लगतै गस्तीमा गएको सशस्त्र प्रहरी पोखरीया बेसको टोलीलाई जिम्मा लगाईयो । त्यसको भोली पल्ट गाउँ समाजमा बसेको बैठकमा ती महिलाहरुले आफनो गल्ती स्वीकार गर्दै आईन्दा यस्तो गल्ती नदोहरिने लिखित कागज नै गरेपछि समाजिक दण्ड सजाय दिएर छाडिएको थियो ।

समाजिक दण्ड सजाय गराएकै निहुँमा ती महिलाहरु वडा अध्यक्ष सहित पाँच जना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन । तर सयौंको संख्यामा रहेको स्थानियले भने, प्रहरीले घटनाको निश्पक्ष छानविन नगरेको भन्दै ती महिलाहरु विरुद्ध पनि जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दर्ता गराएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...