Date
मङ्ल, साउन ५, २०८३
Tue, July 21, 2026

मोटरसाइकलको ठक्करले एकको मृत्यु, २० घण्टामा पनि प्रहरी प्रवक्तालाई थाह भएन

spot_img
spot_img

पर्सा । बिन्दवासिनी गाउँपालिकाको वडा नं. ५ प्रसौनी भाठामा बिहिबार मोटरसाईकलको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण मुसहरवा निवासी बर्ष ६५ का भिम दास रहेका छन ।

ठक्कर दिने मोटरसाईकल चालक भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण विलासपुर निवासी बर्ष १९ का प्रयाग यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसौनी चोक देखी वीरगंज तर्फ गइरहेको भारतिय नम्बर बि.आर.२२. एच २८८७ को प्यसन मोटरसाइकले विपरित दिसाबाट आइरहेका दासलाई राती ८ बजेको समयमा ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका दासलाई उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पुर्याइएको थियो भने उपचार कै क्रममा बिहिबार राती नै उनको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक मादकपदार्थ सेवन गरेको प्रहरी चौकी प्रसौनी भाठाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहे पनि प्रहरी नायब उपरिक्षक अन्नत राज शर्मालाई दुर्घटना नभएको वताएका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक शर्मा संग सवारी दुर्घटना बारे बुझदा बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कुनै घटना नभएको र कसैको मृत्यु पनि नभएको वताए ।

सुरुमा प्रवक्ता शर्मा संग फोन सम्पर्कमा कुरा गर्दै प्रसौनी भाठामा कुनै घटना भएको सोधदा नभएको वताएका थिए भने पछि फेरी सवारी दुर्घटना भएको र त्यसमा परी एक जनाको मृत्यु भएको समाचार प्राप्त भए पछि फेरी कुरा गर्दा सवारी दुर्घटना पनि नभएको र कसैको मृत्यु पनि नभएको वताएका थिए ।

प्रहरी वक्ता शर्माको भनाईमा चित नबुझदा पछि बुझदै जादा स्थानिय प्रहरीले सवारी दुर्घटना भएको र दुर्घटनामा परी एक जनको मृत्यु भएको प्रमाणित गरेको थियो ।

जिल्ला प्र्रहरी कार्यालयका प्रवक्तालाई आफ्नै जिल्लामा सवारी दुर्घटना हुनु, एक जनाको मृत्यु हुनु, जिल्ला प्रहरी कार्यालय कै हिरासतमा ठक्कर दिने व्यक्ति नियन्त्रणमा रहनु र सोही घटना बारे थाह नहुनु कुरा रहस्य मै भएको छ । प्रवक्ता शर्माले पत्रकारलाई सुचना दिन चाहनु नभएको हो की सुचना लुकाउन खोज्नु भएको भने नियत प्रति शंका उत्पन्न भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत...