Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

मोटरसाइकलको ठक्करले एकको मृत्यु, २० घण्टामा पनि प्रहरी प्रवक्तालाई थाह भएन

spot_img
spot_img

पर्सा । बिन्दवासिनी गाउँपालिकाको वडा नं. ५ प्रसौनी भाठामा बिहिबार मोटरसाईकलको ठक्करले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण मुसहरवा निवासी बर्ष ६५ का भिम दास रहेका छन ।

ठक्कर दिने मोटरसाईकल चालक भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण विलासपुर निवासी बर्ष १९ का प्रयाग यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसौनी चोक देखी वीरगंज तर्फ गइरहेको भारतिय नम्बर बि.आर.२२. एच २८८७ को प्यसन मोटरसाइकले विपरित दिसाबाट आइरहेका दासलाई राती ८ बजेको समयमा ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका दासलाई उपचारको लागि नारायणी अस्पताल वीरगंजमा पुर्याइएको थियो भने उपचार कै क्रममा बिहिबार राती नै उनको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल चालक मादकपदार्थ सेवन गरेको प्रहरी चौकी प्रसौनी भाठाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहे पनि प्रहरी नायब उपरिक्षक अन्नत राज शर्मालाई दुर्घटना नभएको वताएका छन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक शर्मा संग सवारी दुर्घटना बारे बुझदा बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कुनै घटना नभएको र कसैको मृत्यु पनि नभएको वताए ।

सुरुमा प्रवक्ता शर्मा संग फोन सम्पर्कमा कुरा गर्दै प्रसौनी भाठामा कुनै घटना भएको सोधदा नभएको वताएका थिए भने पछि फेरी सवारी दुर्घटना भएको र त्यसमा परी एक जनाको मृत्यु भएको समाचार प्राप्त भए पछि फेरी कुरा गर्दा सवारी दुर्घटना पनि नभएको र कसैको मृत्यु पनि नभएको वताएका थिए ।

प्रहरी वक्ता शर्माको भनाईमा चित नबुझदा पछि बुझदै जादा स्थानिय प्रहरीले सवारी दुर्घटना भएको र दुर्घटनामा परी एक जनको मृत्यु भएको प्रमाणित गरेको थियो ।

जिल्ला प्र्रहरी कार्यालयका प्रवक्तालाई आफ्नै जिल्लामा सवारी दुर्घटना हुनु, एक जनाको मृत्यु हुनु, जिल्ला प्रहरी कार्यालय कै हिरासतमा ठक्कर दिने व्यक्ति नियन्त्रणमा रहनु र सोही घटना बारे थाह नहुनु कुरा रहस्य मै भएको छ । प्रवक्ता शर्माले पत्रकारलाई सुचना दिन चाहनु नभएको हो की सुचना लुकाउन खोज्नु भएको भने नियत प्रति शंका उत्पन्न भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...