Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

महिनवारी ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज : किशोरीहरूको ब्यक्तिगत सरसफाइ तथा महिनवारी ब्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको आयोजनामा वीरगन्ज महानगरपालिकाको वडा नं. ३० लालपर्सामा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

सृजना किशोरी संवाद संजालका अध्यक्ष प्रिति कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडाध्यक्ष अमान्त अन्सारीले गरेका थिए । कार्यक्रममा वडा सचीव नवराज थापा, समाजसेवी रबिन्द्र पटेल, सबिता कुमारी कलवार लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा लालपर्सा स्वास्थ्य चौकीका प्रमुख अनिशकान्त कुशवाहा, पाण्डव कटुवाल, कृषण पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ४५ जना सहभागी किशोरीहरुलाई सेनेटरी पैड समेत वितरण गरिएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...