Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

महिनवारी ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज : किशोरीहरूको ब्यक्तिगत सरसफाइ तथा महिनवारी ब्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको आयोजनामा वीरगन्ज महानगरपालिकाको वडा नं. ३० लालपर्सामा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

सृजना किशोरी संवाद संजालका अध्यक्ष प्रिति कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडाध्यक्ष अमान्त अन्सारीले गरेका थिए । कार्यक्रममा वडा सचीव नवराज थापा, समाजसेवी रबिन्द्र पटेल, सबिता कुमारी कलवार लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा लालपर्सा स्वास्थ्य चौकीका प्रमुख अनिशकान्त कुशवाहा, पाण्डव कटुवाल, कृषण पौडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ४५ जना सहभागी किशोरीहरुलाई सेनेटरी पैड समेत वितरण गरिएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...