Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

निर्मलालाई न्याय देउ भन्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज : कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ । एक बर्ष बितिसक्दा पनि सरकारले अपराधी अझै पत्ता लगाउन नसकेको भन्दै वीरगन्जमा शुक्रबार प्रदर्शन गरिएको छ ।

निर्मलालाई न्याय देउ भन्दै वीरगंजको घण्टाघरमा प्रदर्शन गरिएको हो । वीरगंजका सचेत युवायुवतीले निर्मलालाई न्याय देऊ भन्ने नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन ।

त्यसअघि उनीहरुले घण्टाघर चोकको सडकमा बसेर निर्मलाले न्याय नपाएको एक वर्ष अर्थात ३६५ दिन पुगेको भन्दै ३६५ आकृति देखिने मानव साङलो पनि प्रर्दशन गरेको अभियानका सरोज चौरसियाले वताए ।

यसैबीच युवाहरुले शुक्रबारदेखि नै निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै हस्ताक्षर अभियान पनि सुरु गरेका छन ।

हस्ताक्षर अभियान वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा सञ्चालन गरी एक लाख व्यक्तिको हस्ताक्षर संकलन भएपछि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइने अभियानका जय साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...