Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

वीरगंज देखी काठमाण्डौ गइरहेको सुमो दुर्घटना, २ जना घाइते

spot_img
spot_img

बीरगंज, १४ जेठ ।
वीरगंज देखी काठमाण्डौ गइरहेको एउटा सुमो दुर्घटनामा पर्दा २ जना घाइते भएका छन । मकवानपुरको भिमफेदी नगरपालिका ४ रानिपोखरियामा वीरगंज देखी काठमाण्डौ गइरहेको ना. १ ज. ७०७९ नम्बरको सुमो दुर्घटनमा परेको हो ।

सुमो चालक रबिन्द्र मण्डलको लपर्वाहीले दुर्घटना हुदा यात्रु भारत पूर्वी चम्पारण सुगौली डुम्मरीका ३० बर्षिय मुना सहनी र पश्चिमी चम्पारण सुगहा भवानीपुरका २६ बर्षिय उपेन्द्र राम घाइते भएका छन ।

सोही सुमोमा सवार गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायत केही यात्रु समान्य घाइते पनि भएका छन । चालक मण्डलको लपर्वाहीले बाटो छेउमा रहेको नालामा गाडी ठोकिएको थियो भने बाटो छेउमा रहेको रुखमा गाडी नरोकिएको भए ठुलो दुर्घटना हुन सक्ने अध्यक्ष साहले वताए । दुर्घटना स्थल अझै प्रहरी पुग्न सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...