Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

पर्सामा विभिन्न घटनामा ४ को मृत्यु

spot_img
spot_img

बीरगंज, १४ जेठ ।
पर्सामा विभिन्न घटनामा ४ को मृत्यु भएको छ । बाईपास रोड स्थित सोमबार घरको जग निर्माणको क्रममा माटाको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । नारायण जलानको घर निर्माणको क्रममा जग खन्दा माटाको ढिस्कोले पुरीदा तिन जना घाईते भएका थिए ।

घाइते तिन मधे दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा बाराको इटियाहीका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका चैनपुरका जवाही साह रहेका छन् । घाइते परवानिपुर गाउँपालिका चैनपुरका राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको छ । घाइते तिनैजनालाई उपचारको लागि बीरगंज स्थित तराई हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा घाइतेको अवस्था गम्भिर भएपछि गण्डक अस्पताल रिफर गरिएको थियो । दुबै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पासोलगाई दुई जनाले आत्म हत्या गरेका छन । सोमबार बिरगंज महानगरपालिका वडा नं.२१ का सिकिन्द्र साहको छोरी १४ बर्षिय निलम कुमारी साह र बिन्दवासिनि गाउँपालिका वडा नं.२ गरदौल का चान्छी पटेलको श्रीमती २५ बर्षिय रमिता देवी पटेलले पासो झुन्डीएको अवस्थामा मृत फेला परेका हुन ।

घरमा कोही नभएको बेला आफ्नो सुत्ने कोठाकोे सिलिङ पाङखामा सलको पासो बनाई झुडिएको अवस्थामा निलनमलाई निजको काकाले देखी तत्काल उपचारको लागी बिरगंज हेल्थ केयरमा ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परिक्षणका लागी नारायणी अस्पतालमा राखिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...