Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

विधालय भर्नाको लागि किशाेरीहरूद्वारा सडक नाटक प्रदर्शन

spot_img
spot_img

वीरगंज, ८ जेठ ।

वीरगंज महानगरपालिकाको वडा नं. २९, मुसैलीमा विद्यालय भर्ना सम्बन्धि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोग र एकता किशोरी संवाद संजालको आयोजनामा सडक नाटक भएको थियो ।

विद्यालय बाहिर रहेको वालवालिकाहरुलाई विद्यालय भर्ना गराउने उद्देश्यले सडक नाटक गरिएको किशोरी संवाद कार्यक्रमका सुपरभाईजर सुनेश्वर साहले वताए । संजालकी अध्यक्ष छठी कुमारी मण्डलको अध्यक्षता र संवाद अधिकृत प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संवाद सहयोग समितिका रामचन्द्र गौरो, उमा राय माझी लगायतको मन्तव्य राखेका थिए ।

शिक्षाको महत्व, आवश्यकता, विद्यालय भर्ना लगायतका बिषयवस्तु समेटिएका नाटक किशोरीहरुले आफै प्रदर्शन गरेका थिए । सो कार्यक्रममा तारा किशोरी संवाद समुह, सितारा किशोरी संवाद समुह, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...