Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पत्रकारलाई एक करोड जरिवाना गर्ने प्रस्तावबाट पछि हट्यो प्रदेश सरकार

spot_img
spot_img

जनकपुरधाम । प्रदेश २ सरकार पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने प्रस्तावबाट पछि हटेको छ ।

बिहीबार प्रदेशसभामा दर्ता भएको सञ्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकासन तथा प्रशारण गरेमा ५० लाखदेखि एक करोडसम्म जरिवाना गर्ने व्यवस्था थियो, जसको चौतर्फी विरोध भएको छ ।

तर, विधेयक दर्ताकर्ता प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्ताव फिर्ता लिने बताएका छन् । सम्प्रभुताविरुद्ध समाचार लेखेमा ५० लाखदेखि एक करोडसम्म जरिवाना गर्ने भन्ने बाक्यका साथै केही शब्दावली भुलवश पर्न गएको दाबी गरेका छन् ।

मन्त्री यादवले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीहरुको थप परामर्शबाट संशोधन र परिमार्जन गर्ने प्रतिबद्वता समेत जनाएका छन् ।

उनले स्वनियमनसम्बन्धी प्रस्ताव स्वीकार गर्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् । प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार अत्यधिक सकारात्मक र संवेदनशील रहँदै आएको बताउँदै बिज्ञप्तिमा प्रेस स्वतन्त्रताको बहुआयामिक पक्षमाथि आघात पुग्ने र संचारकर्मीहरुको जनउत्तरदायी कार्य निषेध गर्ने कुनै पनि प्रयत्न वा नियत प्रदेश सरकारको नरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी अधिकारप्रति सचेत र समाज रुपान्तरणका सारथीहरुको मनोवलमा प्रतिकुल असर पर्ने कुनै पनि कार्य गर्दैनौं भन्नेमा दृढ छौं । साथै पत्रकार र सञ्चारगृहको गुणवता बृद्वि गर्न गम्भीर छौं ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...