Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बिन्दबासिनीको प्रमुख प्रशासकिय अधिकृतमा पुनः सुजित साह कै सरुवा

spot_img
spot_img

वीरगंज, ३० बैशाख ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा पुनः सुजित साहलाई नै पठाएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को पहलमा मन्त्रालयले प्रशासकिय अधिकृत साहलाई बैशाख २६ गते जिल्ला समन्वय समिति, पर्सामा सरुवा गरेको थियो । अधिकृत साहको सहमती बेगर नै मन्त्रालयले जिल्ला समन्वय समितिमा सरुवा गरे पछि गाउँपालिकामा खैलाबैला नै मचेको थियो ।

आर्थिक मसान्तको अन्तिम अन्तिममा आएर मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गर्नु र निमित प्रमुख प्रशासकिय अधिकृतमा गाउँपालिका मै कार्यरत ना.सु. राजेन्द्र बहादुर दासले पदभार ग्रहण गर्नुले गाउँपालिकाको विकास निर्माणको काम प्रभावित हुने सम्भावना बढेको थियो । आईतबार मात्र एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मोदीले ना.सु. दासलाई फुलको माला र अबिरको टिका लागाई प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गराएका थिए ।

त्यस पछि मात्र प्रशासकिय अधिकृतको सरुवा भएको सार्वजनिक भए पछि मन्त्रालयमा आज गाउँपालिकाबाट पुगेको एक डेलिकेशनको आग्रहमा मन्त्रालयले पुनः साहलाई नै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा पठाएको हो । अध्यक्ष मोदिले भनेको गैर कानूनी कामहरु गर्न नमाने पछि प्रमुख प्रशासकिय अधिकृत साहको उनले सरुवा गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...