Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कालिकामाईमा महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज, ५ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकामा महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ५, बिरन्चीबर्वा स्थित रहेको दिव्य कन्या माध्यमिक विद्यालयमा बिहिबार भएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा श्री सुकई साह मा.वि. भेडिहारीकी रुकसाना खातुन प्रथम, श्री जनता मा.वि. मुडलीका प्रकाश पटेल द्वितिय, श्री दिव्य कन्या मा.वि. विरन्चीबर्वाकी पुष्पा गुप्ता तृतिय भएका छन । यस्तै सांत्वना पुरस्कार श्री जनता मा.वि. मुडलीका अमरजित चौरसियाले हात पारेका छन ।

कन्या माविका प्रअ रामयतन प्रसादको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन वडा नं. ३ का वडा अध्यक्ष संजय पटेलले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पटेलले हाम्रो समाजमा विकृतिको रुपमा जडा गाडेको दाइजोप्रथा अन्त्य गर्न जरुरी रहेको वताए । महिला शिक्षित भए दाइजोप्रथा अन्त्य हुने वताउदै उनले छात्राहरु पनि अध्ययनको समयमा अभिभावकको प्रतिष्ठाको ख्याल गरिदिनु पर्ने वताए ।

उनले भने ‘ केटीहरुले पनि अभिभावकहरुलाई आ आफ्नो केटीहरुलाई उच्च शिक्षा पढाउन डर, त्रास सृजना नहोस र प्रतिष्ठाको ख्याल गरिदिनु पर्छ’ । यस्ता कार्यक्रमका लागि गाउँपालिकाले सहयोग गरी महिला हिंसा तथा दाइजोप्रथा हाम्रो समाजबाट अन्त्य गर्नु पर्ने अध्यक्ष पटेलले वताए ।

कालिकामाई गाउँपालिकाको सहयोगमा र कालिका टाइम्स वीरगंजको आयोजनामा संचालित महिला हिंसा तथा दाईजोप्रथा उन्मुलन कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा भाग लिने गाउँपालिका अन्तर्गतका सबैका माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का छात्र/छात्राहरुलाई पुरस्कार र प्रमाण समेत वितरण गरिएको थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साका अध्यक्ष छठु साह, गाउँ कार्यपालिका कार्यालयका प्रतिनिधि सतन प्रसाद, दिव्य कन्या मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्त पटेल, ब्रिलिएन्ट युवा क्लबका कार्य समिति सदस्य इशक कुमार, वडा नं. १ का वडा सदस्य रामशिष यादव, वडा नं. ५ की वडा सदस्य सविता देवी, वडा सदस्य भोज पटेल लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक कालिका टाइम्सका प्रबन्ध निर्देशक शम्भु कुमार सुमनले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष पटेलले व्यक्तिगत रुपमा २ जना छात्राहरुलाई रु एक/एक हजार नगद पुरस्कार पनि दिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा सुकई साह माविका शिक्षक प्रतिनिधि उमेश प्रसाद पटेल, जनता माविका शिक्षक प्रतिनिधि राजेश तिवारी, दिव्य माविका शिक्षक प्रतिनिधि लालबाबु साह, महिला प्रतिनिधि निलम कुमारी चौरसिया र आयोजक संस्थाको तर्फबाट इशक कुमार रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...