Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

कालिकामाईमा महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज, ५ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकामा महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ५, बिरन्चीबर्वा स्थित रहेको दिव्य कन्या माध्यमिक विद्यालयमा बिहिबार भएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा श्री सुकई साह मा.वि. भेडिहारीकी रुकसाना खातुन प्रथम, श्री जनता मा.वि. मुडलीका प्रकाश पटेल द्वितिय, श्री दिव्य कन्या मा.वि. विरन्चीबर्वाकी पुष्पा गुप्ता तृतिय भएका छन । यस्तै सांत्वना पुरस्कार श्री जनता मा.वि. मुडलीका अमरजित चौरसियाले हात पारेका छन ।

कन्या माविका प्रअ रामयतन प्रसादको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन वडा नं. ३ का वडा अध्यक्ष संजय पटेलले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पटेलले हाम्रो समाजमा विकृतिको रुपमा जडा गाडेको दाइजोप्रथा अन्त्य गर्न जरुरी रहेको वताए । महिला शिक्षित भए दाइजोप्रथा अन्त्य हुने वताउदै उनले छात्राहरु पनि अध्ययनको समयमा अभिभावकको प्रतिष्ठाको ख्याल गरिदिनु पर्ने वताए ।

उनले भने ‘ केटीहरुले पनि अभिभावकहरुलाई आ आफ्नो केटीहरुलाई उच्च शिक्षा पढाउन डर, त्रास सृजना नहोस र प्रतिष्ठाको ख्याल गरिदिनु पर्छ’ । यस्ता कार्यक्रमका लागि गाउँपालिकाले सहयोग गरी महिला हिंसा तथा दाइजोप्रथा हाम्रो समाजबाट अन्त्य गर्नु पर्ने अध्यक्ष पटेलले वताए ।

कालिकामाई गाउँपालिकाको सहयोगमा र कालिका टाइम्स वीरगंजको आयोजनामा संचालित महिला हिंसा तथा दाईजोप्रथा उन्मुलन कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा भाग लिने गाउँपालिका अन्तर्गतका सबैका माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का छात्र/छात्राहरुलाई पुरस्कार र प्रमाण समेत वितरण गरिएको थियो ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साका अध्यक्ष छठु साह, गाउँ कार्यपालिका कार्यालयका प्रतिनिधि सतन प्रसाद, दिव्य कन्या मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्त पटेल, ब्रिलिएन्ट युवा क्लबका कार्य समिति सदस्य इशक कुमार, वडा नं. १ का वडा सदस्य रामशिष यादव, वडा नं. ५ की वडा सदस्य सविता देवी, वडा सदस्य भोज पटेल लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक कालिका टाइम्सका प्रबन्ध निर्देशक शम्भु कुमार सुमनले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष पटेलले व्यक्तिगत रुपमा २ जना छात्राहरुलाई रु एक/एक हजार नगद पुरस्कार पनि दिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा सुकई साह माविका शिक्षक प्रतिनिधि उमेश प्रसाद पटेल, जनता माविका शिक्षक प्रतिनिधि राजेश तिवारी, दिव्य माविका शिक्षक प्रतिनिधि लालबाबु साह, महिला प्रतिनिधि निलम कुमारी चौरसिया र आयोजक संस्थाको तर्फबाट इशक कुमार रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...