Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

spot_img
spot_img

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा आयोजित कार्यशालामा सहभागी सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, जोखिम पहिचान, प्रारम्भिक सूचना प्रणाली तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित कार्यशालामा निकुञ्ज, डिभिजन वन कार्यालय बारा र पर्साका अधिकारी, साझेदारी तथा सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, निकुञ्ज सुरक्षार्थ खटिएको गणका प्रतिनिधि तथा संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यशालामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या बढ्नु मात्र संरक्षणको सफलता नभई बाघसँगै बस्ने समुदाय सुरक्षित र संरक्षणप्रति सकारात्मक हुनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वयस्क बाघ रहेकामा सन् २०२६ मा उक्त सङ्ख्या बढेर ७१ पुगेको छ । बाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापन र मानव सुरक्षाको जिम्मेवारीसमेत बढेको उहाँले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘संरक्षण सुनिश्चितता बाघ संरक्षण मापदण्ड ९क्याट्स०’ अन्तर्गत मान्यता प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । त्यसका लागि निकुञ्जको संरक्षण व्यवस्थापन प्रणालीको मूल्याङ्कन, विद्यमान अवस्थाको समीक्षा तथा आवश्यक सुधारका काम अघि बढाइएको उहाँले बताउनुभयो ।

“बाघ–मित्र अभियानलाई जनचेतनामूलक कार्यक्रमका रूपमा मात्र सीमित नगरी जोखिम पहिचान, प्रारम्भिक सूचना, समुदाय परिचालन, सुरक्षित व्यवहार र द्वन्द्व न्यूनीकरणसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरण निकुञ्जको मात्र जिम्मेवारी नभई वन कार्यालय, स्थानीय तह, समुदाय, सुरक्षा निकाय तथा संरक्षण साझेदार सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्यालले संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा, सहभागिता र संरक्षणबाट प्राप्त लाभ सुनिश्चित गर्नुपर्ने बताउनुभयो । निकुञ्ज र समुदायबीच निरन्तर संवाद तथा स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जुलोजिकल सोसाइटी अफ लण्डन ९जेडएसएल० नेपालका क्षेत्रीय अधिकृत प्रचण्ड महर्जनले मानव–बाघ द्वन्द्वको जोखिम, समुदायको सचेतना, प्रारम्भिक सूचना प्रणाली तथा सरोकार भएका निकायबीचको समन्वयका विषयमा प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगतले बाघ–मित्र अभियानको स्थलगत अनुभव, बाघको गतिविधि तथा जोखिमयुक्त क्षेत्रबारे जानकारी गराउँदै समयमै सूचना प्रवाह, नियमित निगरानी र तत्काल प्रतिक्रिया संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कार्यशालामा सहभागी वन कार्यालय, वन उपभोक्ता समूह, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, सूचना आदानप्रदान, जोखिम पहिचान, समुदायको सहभागिता तथा द्वन्द्वको अवस्थामा तत्काल प्रतिक्रिया संयन्त्रलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा बाघसँगै मानिसलाई सुरक्षित राख्दै दीर्घकालीन सहअस्तित्व कायम गर्नु संरक्षणको प्रमुख चुनौती बनेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...