Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईँमाथि साइबर अपराध मुद्दा चलाउने तयारी

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । उनलाई सोमबार राति वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईँमाथि अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार उनीमाथि साइबर अपराध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी गरिएको छ ।

वीरगंजको मुख्य सडक विस्तार अभियान अन्तर्गत सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी कार्यको विरोध गर्दै प्रसाईँले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ । सोमबार वीरगंज आएका प्रसाईँले भत्काइएका घरधनीहरुलाई बैंकको ऋण नतिर्न आग्रह गरेको विषयलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको जनाएको छ । प्रहरी स्रोतका अनुसार उक्त कुरा प्रसाईँले स्वयं स्वीकार गरेका छन् ।

प्रवक्ता बस्नेतका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यममार्फत प्रसारित प्रसाईँका अभिव्यक्ति, भिडिओ तथा सामग्रीको डिजिटल परीक्षणसमेत भइरहेको छ ।

सोमबार वीरगंज पुगेका प्रसाईँको मंगलबार बिहान वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय गरिएको थियो । तर त्यसअघि नै उनलाई होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरुले सोमबार राति जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि विरोध प्रदर्शन गरेका थिए । मंगलबार बिहान पनि प्रदर्शनका लागि जम्मा भएका समर्थकहरुलाई प्रहरीले हटाएको थियो । अहिले पनि केही समर्थकहरु जिल्ला प्रहरी कार्यालय अगाडि बसिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीमा हराएको आशा फेरि फर्कियो, सञ्जयले पाए नयाँ जीवन

सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका–४ का ३२ वर्षीय सञ्जय साह अहिले घरमै आराम गरिरहेका छन्। परिवारका लागि भने उनको घर फर्किनु केवल उद्धारको घटना...

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...