Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

२४ दिनपछि नेता मनोज चौधरीसहित चार जनाविरुद्ध जिल्ला अदालतमा अभियोग दायर

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीसहित चार जनाविरुद्ध बुधबार पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ।

जिल्ला सरकारी वकील कार्यालय पर्साले वीरगंज महानगरपालिका–१७ निवासी ४६ वर्षीय मनोज कुमार चौधरी, पर्सागढी नगरपालिका–३ निवासी ६७ वर्षीय सत्यनारायण दास थारु, बारा प्रसौनी गाउँपालिका–४ निवासी ३२ वर्षीय सहाब आलम अन्सारी (सवारी चालक) र धनुषाकाे धनुषाधाम नगरपालिका–९ धारापानी निवासी ३० वर्षीय सुरज कार्कीविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुरमा अभियोग दायर गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकील कार्यालय पर्साले जनाएको छ।

प्रहरीले गत फागुन १९ गते मनोज चौधरी सवार बा.१० च.१२५० नम्बरको कारबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा नेता चौधरीसहित चारै जनालाई नियन्त्रणमा लिएकाे थियो । त्यसपछि प्रहरीले चारै जनालाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेकाे थियो।

अनुसन्धान सम्पन्न भएपछि प्रहरीले सोमबार अनुसन्धानकाे फाइल सरकारी वकील कार्यालयमा बुझाएको थियो । सोही आधारमा बुधबार सरकारी वकीलकाे कार्यालयले अभियोग दायर गरेकाे हो । यस प्रकरणमा अब बिहीबार पर्सा जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ ।

यसअघि नेता चौधरीलाई फसाउने षड्यन्त्र भएको हुन सक्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठेकाे थियाे । त्यसपछि पर्साका सक्रिय राजनीतिक दलहरूले सर्वदलीय बैठक बसेर घटनाको निष्पक्ष छानबिनको मागसमेत गरेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...