Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

हरपुरमा नेकपा उम्मेदवार मनोज चौधरीको घरदैलो, मतदातासँग प्रत्यक्ष संवाद

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले सोमबार चुनावी कार्यक्रमअन्तर्गत घरदैलो तथा जनता दर्शन अभियानलाई निरन्तरता दिएका छन्। यस क्रममा उनले पर्सागढी नगरपालिका–८, हरपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराए। आफूलाई नयाँ अनुहार र स्वच्छ छविको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनले मतदातासँग समर्थनको अपिल गरे।

मतदातासँग कुराकानी गर्दै चौधरीले यसपटकको निर्वाचनमा जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको दाबी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे। उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मजदुर तथा सर्वहारा वर्गको पार्टी भएको उल्लेख गर्दै देशलाई वर्तमान अवस्थामा पु¥याउने शक्तिहरूप्रति मतदाता सजग हुनुपर्ने बताए।

कार्यक्रममा पार्टीका नेता नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुशवाहा, बृजलाल पासवान, शेख चाँदतारा, दुर्गा क्षेत्री, जीवनराम, टेकनारायण महतो, सन्तोष साह, दीपेन्द्र सिंह पटेल लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...