Date
शुक्र, माघ २३, २०८२
Fri, February 6, 2026

प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिता : मुनलाईट र सनलाईट मावि फाइनलमा प्रवेश

वीरगंज । प्याब्सन नेपाल मेडिसिटी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा मुनलाईट मावि र सनलाईट मावि प्रवेश गरेका छन्।

- Advertisement -

पहिलो सेमिफाइनल खेलमा सेन्ट जेभियर्स र मुनलाईट मावि आमनेसामने भएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट जेभियर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो। सेन्ट जेभियर्सका ब्याट्सम्यानहरू मुनलाईटका बलरहरू अगाडि खुलेर खेल्न सकेनन्।

८१ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको मुनलाईट माविले १३।१ ओभरमै ६ विकेट गुमाएर ८४ रन बनाउँदै ४ विकेटको सहज जित दर्ता गर्‍यो। यस जितसँगै मुनलाईट मावि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो। मुनलाईट यसअघि पनि प्रतियोगिताको नवौँ संस्करणको उपाधि जितिसकेको टोली हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत मुनलाईटका दिलराज यादव ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल सनलाईट मावि र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। टस जितेर पहिले ब्याटिङ रोजेको सनलाईट माविले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। सनलाईटका ब्याट्सम्यानहरूले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए।

जवाफमा ब्याटिङमा उत्रिएको गोल्डेन फ्युचर ९६ रनमै अलआउट भएपछि सनलाईट मावि १६ रनले विजयी भयो। उक्त खेलमा सनलाईटका सागर रौनियार उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि मुनलाईट मावि र सनलाईट मावि माघ २४ गते शनिबार दिउँसो १ बजे वीरगन्जस्थित टीबी साह क्रिकेट मैदानमा आमनेसामने हुनेछन्।

यसअघि सोही दिन बिहान ८ बजे तेस्रो स्थानका लागि सेन्ट जेभियर्स र गोल्डेन फ्युचरबीच प्रतिस्पर्धा हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।

त्यसैगरी, माघ २३ गते शुक्रबार क्वाटरफाइनलबाट बाहिरिएका गौतम मावि र मनकामना मावि तथा वीरगन्ज एकेडेमी र डिएभी स्कूलबीच हुने खेलका विजेताहरूबीच प्लेट च्याम्पियनसिप उपाधिका लागि प्रतिस्पर्धा हुने सचिव संग्रौलाले बताए।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–२७ मा नेकपाको वडा भेला सम्पन्न, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगरपालिका वडा नम्बर–२७ को वडा भेला बिहीबार टोल घुर्मिमा सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित...

पर्सा–१ काे प्रसाैनी बिर्तामा रास्वपा उम्मेदवार हरि पन्तको घरदैलो सम्पन्न

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले प्रसाैनी बिर्ता क्षेत्रका मतदातासँग भेटघाट तथा संवाद गरेका...

पर्सा–४ को भिखमपुर पिपरामा कांग्रेसको घरदैलो, उम्मेदवार रिजालले सुने जनताका गुनासा

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत धोबिनी गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने भिखमपुर पिपरामा बिहीबार नेपाली कांग्रेसले चुनावी घरदैलो कार्यक्रम...