Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

जगरनाथपुर गाउँपालिकाद्वारा शितलहर प्रभावितलाई दाउरा वितरण

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो चिसो र शितलहरका कारण प्रभावित जनजीवनलाई सहज बनाउन सबै वडामा दाउरा (काठ) वितरण गरेको छ। चिसोको प्रभावबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई सुरक्षित राख्ने उद्देश्यले वडास्तरमा समूह गठन गरी सामूहिक रूपमा दाउरा वितरण गरिएको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए।

अध्यक्ष यादवका अनुसार अत्यधिक चिसोका कारण कसैलाई पनि समस्या नपरोस् भन्ने लक्ष्यसहित यो तत्कालीन राहत कार्यक्रम सञ्चालन गरिएको हो। उनले भने, “चिसो र शितलहरको प्रभावबाट जनतालाई जोगाउन आगो ताप्ने प्रयोजनका लागि दाउरा वितरण गरिएको हो, यो जनस्वास्थ्यलाई ध्यानमा राखेर गरिएको पहल हो।”

उनले चिसोको अवस्था कायमै रहेसम्म आवश्यकता अनुसार थप राहत तथा सहयोग कार्यक्रमहरू समेत सञ्चालन गरिने स्पष्ट पारे। जनताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै जगरनाथपुर गाउँपालिका सधैं नागरिकसँगै रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सबैलाई सुरक्षित र न्यानो रहन अनुरोध गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...