Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्सामा १० लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ (हुण्डी रकम)सहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाका विभिन्न स्थानबाट हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ नगद तथा ना. १६ प ३०२० नम्बरको एनएक्सजी स्प्लेन्डर मोटरसाइकल बरामद गरिएको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–४, देवरवाना निवासी २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन् । उनीहरूलाई जगरनाथपुर गाउँपालिका–३ गडैयाटोलस्थित सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीले अवैध आर्थिक कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी थप कडा बनाइएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...