Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सशस्त्र प्रहरीद्वारा लहावरकरीमा ७ दिने केश कटाइ तालिम सुरु

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर लहावरकरीले आइतबारदेखि ७ दिने केश कटाइ (हेयर कटिङ) तालिम सुरु गरेको छ। बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने र सीमाक्षेत्रमा हुने तस्करीलाई निरुत्साहित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

पकहाँ मैनपुर ४ लहावरथकरीस्थित सिमा सुरक्षा गुल्म लहावरथकरीमा सुरु भएकाे तालिमकाे उद्घाटन लहावरकरी गुल्मका गणपति डीएसपी लोकनाथ उप्रेतीले गरेका छन् । उद्घाटन कार्यक्रममा वाेल्दै डीएसपी उप्रेतीले सीमाक्षेत्रमा सशस्त्र प्रहरी र आम नागरिकबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले यस्ता सीपमूलक तालिम आयोजना गरिएको बताए । सात दिनसम्म संचालन हुने तालिममा १५ जना सहभागी रहेका छन् ।

तालिम उद्घाटन समारोहमा सीमा सुरक्षा समितिका संयोजकसमेत रहेका पकहाँ मैनपुर गाउँपालिका–४ का वडाध्यक्ष ढेडी यादव, पकहाँ मैनपुर–५ का वडाध्यक्ष बलिराम चौरसिया, पत्रकार छठु साह, वडा समिति सदस्य पप्पू गिरी, सशस्त्र प्रहरी सीमा सुरक्षा बल मिर्जापुरका इन्सपेक्टर धानबहादुर अधिकारी, भिस्वाका इन्सपेक्टर राेशन सिर्नेट लगायतकाे उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरीले सीमाक्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आगामी दिनमा पनि यस्ता सीपमूलक तथा जनमैत्री कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...