Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सशस्त्र प्रहरीद्वारा पर्सामा १० हजार प्रतिबन्धित ब्रोइलर चल्ला नष्ट

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले भारतबाट अवैध रूपमा चोरी पैठारी गरिएका १० हजार गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नं. १३ गणबाट खटिएको टोलीले आइतबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५, मसियानी क्षेत्रबाट नौ जना व्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चल्ला बरामद गरेको थियाे । बरामद चल्लाको अनुमानित ५ लाख बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका प्रतिबन्धित ब्रोइलर चल्लालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सशस्त्र प्रहरी बल नं. १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरीले जनाइएको छ।

सशस्त्र प्रहरी बलले अवैध आयात–निर्यात नियन्त्रण तथा जैविक सुरक्षालाई ध्यानमा राख्दै यस्ता कार्यविरुद्ध कडाइका साथ निगरानी जारी राख्ने सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हे.क्वा. पर्साकका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज याेन्जनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

हृदयघातबाट अभिनेता नाना पाटेकरको निधन

भारत । प्रख्यात अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा उनलाई गम्भीर हृदयघात भएको बताइएको छ। रिपोर्टअनुसार उनलाई तत्काल अस्पताल...

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...