Date
शुक्र, भदौ ५, २०८३
Fri, August 21, 2026

अवैध सालको काठसहित पिकअप र चालक पक्राउ, फर्निचर सामग्री बरामद

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा चोरी तस्करी गरी ल्याइएको सालको काठबाट बनाइएका फर्निचर सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बुधबार अपराह्न करिब २:३० बजेको समयमा वीरगंज महानगरपालिका–२७ दरदर्वा स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंकास्पद पिकअप गाडी जाँच गरेको थियो। जाँचका क्रममा पर्सागढी नगरपालिका–०४ बस्ने करिब ४८ वर्षका उपेन्द्र प्रसाद कुर्मीले ना.२ च २८३५ नम्बरको पिकअप गाडीमा अवैध रूपमा सालको काठ चोरी तस्करी गरी बनाइएका फर्निचर सामग्री लोड गरी ल्याइरहेको अवस्थामा फेला परेका हुन्।

प्रहरीले सालको फर्निचर सामग्रीसहित उक्त पिकअप गाडी बरामद गरी चालक कुर्मीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्ति, बरामद सामग्री र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बिहिवार जिल्ला वन डिभिजन कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

बरामद गरिएका काठका सामग्रीमा २ थान सालको चौक्स (२.८४ क्युविक फिट), २ थान सालको झ्याल (५.३४ क्युविक फिट), ३ थान अधुरो बक्स प्लाई सेट (११.७० क्युविक फिट), ४ थान अधुरो कुर्सी (१.७२ क्युविक फिट), १ थान डाइनिङ टेबल (२.४५ क्युविक फिट) र ३ थान किचेन रेक/ह्याङ्गर (२.४५ क्युविक फिट) रहेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...