Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

ठोरीमा श्रम संस्कृति पार्टीको भेला सम्पन्न, जिल्ला समिति गठन

spot_img
spot_img

सेढवा । ठोरी गाउँपालिका वडा नं. ५ स्थित बाघमोर्चामाई मन्दिर परिसरमा आइतबार श्रम संस्कृति पार्टी पर्सा जिल्ला भेला तथा जिल्ला समिति गठनसहित पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

“हाम्रो धर्ती, हाम्रो आकाश हाम्रै परिवेश। श्रम गरी सबै मिलि बनाऔं यो देश” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो ।

दिउँसो करिब २ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ४ बजेसम्म चलेको थियो । कार्यक्रममा करिब २०० देखि २१० जना स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा श्रम संस्कृति पार्टी पर्सा जिल्ला संयोजक प्रताप पाख्रिन, केन्द्रीय सदस्यहरू केन्द्र दिवस राई, शान्ति पाख्रिन, मन्दिरा मोक्तान, महेन्द्र पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको औपचारिक उद्घाटन श्रम संस्कृति पार्टी मधेश प्रदेशका सह–संयोजक छोटेलाल पठानको मन्तव्यबाट गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हर्क साम्पाङले पुराना राजनीतिक नेतृत्वहरूले अपेक्षित काम गर्न नसकेकै कारण देश विकास हुन नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले राजनीतिक नेतृत्वहरू भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै विदेशमा रहेका नेपालीहरूबाट श्रम संस्कृति पार्टीलाई उल्लेख्य सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो ।

साथै, उहाँले प्रहरीमाथि अत्यधिक राजनीतिक दबाब रहेको उल्लेख गर्दै देशको अस्तित्व भूगोलसँग प्रत्यक्ष रूपमा जोडिएको हुनाले सीमा सुरक्षा अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय भएको बताउनुभयो ।

कार्यक्रमको अन्त्यतिर नेपाली कांग्रेसका सदस्य भिमचन्द्र गुरुङले प्रमुख अतिथि हर्क साम्पाङसँग अनौपचारिक भेटवार्ता गर्दै भोलि नवलपुरमा सुकुम्बासीहरूको हक–हितका लागि आयोजना हुने कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...