Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंजमा ४ करोड ७७ लाख बढी मूल्यको अवैध सुपारीसहित दुई ट्रक र दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको अवैध सुपारी लोड तथा अनलोड गरिरहेको अवस्थामा दुई वटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मिति २०८२ साल ९ महिना ३ गते दिउँसो करिब १२:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित बाइपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्री परिसरमा छापा मारिएको थियो। वीरगञ्ज भन्सार कार्यालयबाट महोत्तरीको बर्दिवासतर्फ पैठारी गरिएको भनिएको दुई वटा कन्टेनर सुपारी अवैध रूपमा अनलोड भइरहेको सूचनापछि प्रहरी टोली खटिएको हो।

छापाको क्रममा ना.७ ख ७४२० नम्बरको टेलर ट्रकमा रहेको ईएससियु९०००४७९ नम्बरको ‘एक्सप्रेस वे’ लेखिएको कन्टेनर अनलोड गरिँदै गरेको अवस्थामा फेला परेको थियो। साथै, अनलोड गर्नका लागि रोकी राखिएको ना.४ ख ६८३२ नम्बरको १४ चक्के टेलर ट्रकमा रहेको ईएससियु९०००४७९ नम्बरको कन्टेनर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले ना.७ ख ७४२० नम्बरको ट्रक चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २० निवासी ४१ वर्षीय राम भरोस महरा तथा ना.४ ख ६८३२ नम्बरको ट्रक चालक बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १९ निवासी ५१ वर्षीय रामप्रसाद यादवलाई पक्राउ गरेको छ।

नियन्त्रणमा लिइएको सुपारी करिब १ हजार ८ सय बोरा रहेको र त्यसको अनुमानित मूल्य ४ करोड ७७ लाख ४० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सुपारी, ट्रकहरू तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...