Date
शुक्र, भदौ ५, २०८३
Fri, August 21, 2026

उदयपुर घुर्मीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

शिविर वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मीको समन्वय तथा सहयोगमा आयोजना गरिएको शिविरमा १०७ जना महिला तथा बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसन जस्ता प्रारम्भिक परीक्षणपछि विशेषज्ञ चिकित्सकद्वारा आवश्यक परामर्श प्रदान गरिएको थियो । सेवाको सहज व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मी, उदयपुर घुर्मी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण चन्द्र प्रसाद तथा नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो।

चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...