Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

प्याब्सन टी–१० क्रिकेट प्रतियोगितामा चार खेल सम्पन्न, कालिका एकेडेमी लगायतका विद्यालय विजयी

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको दोस्रो ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोयज टी–१० नकआउट क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार वीरगंजस्थित आदर्शनगर रङ्गशालामा चार वटा रोमाञ्चक खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको पहिलो खेलमा गोल्डेन फ्युचर स्कुलले दिएको २३ रनको लक्ष्यलाई लिटल फ्लावर स्कुलले सहजै पछ्याउँदै २५ रन जोडेर जित हात पार्‍यो । दोस्रो खेलमा विकन स्कुलले प्रस्तुत गरेको ४९ रनको लक्ष्यलाई सेन्ट जेभियर विद्यालयले आत्मविश्वासका साथ ५० रन बनाउँदै पूरा गरी प्रतियोगितामा आफ्नो दबदबा कायम राख्यो।

त्यस्तै, तेस्रो खेलमा नवदीप स्कुलले दिएको ३८ रनको लक्ष्यलाई ज्ञान वाटिका स्कुलले कुशलतापूर्वक पछ्याउँदै उत्कृष्ट टिमवर्क प्रदर्शनसहित विजयी भयो । दिनको अन्तिम खेलमा कालिका एकेडेमीले चिल्ड्रेन वर्ल्ड एकेडेमीलाई पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान थप बलियो बनाएको छ।

रङ्गशालामा उपस्थित अभिभावक, स्थानीयवासी तथा खेलप्रेमी दर्शकहरूले विद्यालयस्तरीय यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिक्रिया दिएका छन् । उनीहरूले खेलकुदमार्फत बालबालिकाको प्रतिभा प्रस्फुटन हुने भएकाले यस्ता प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतियोगिता जारी रहेकाले आगामी खेलहरूमा थप उत्साह र कडा प्रतिस्पर्धा देखिने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...