Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

१९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी वीरगंजमा पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले १९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी बिनोद पटेल (बिनोद प्रसाद कुर्मी) लाई वीरगंजमा पक्राउ गरेको छ। पक्राउ परेका बिनोद पटेल बहुदरमाई नगरपालिका–२ का स्थायी बासिन्दा हुन् र हाल ५४ वर्षका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यही मंसिर २४ गते दिउसाे १:४५ बजे वीरगंज–२१ स्थित सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका पटेल वर्ष २०६३।०६।०५ मा लिपनी विर्ता–८ बस्ने सुरेश (राम प्रसाद) पटेलको निर्घात कुटपिट गरी हत्या (कर्तव्य ज्यान) सम्बन्धि मुद्दामा संलग्न रहेकाेमा १९ वर्षदेखि फरार थिए।

पक्राउ परेका बिनोद पटेलविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...