Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगंजमा ट्रामाडोलका ७६ हजारभन्दा बढी क्याप्सुलसहित चार जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध ७६ हजार १७० पिस Tramadol Hydrochloride Capsules सहित चारजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले यही मंसिर २३ गते साँझ करिब ६ बजे वीरगंज–१५ प्रतिमाचोकस्थित टिकट काउन्टर अगाडि पार्क गरिएको बागमती प्रदेश ०८-००१ ज ०११७ नम्बरको EV गाडी जाँच गर्ने क्रममा रातो र गुलाबी रंगको सुटकेशभित्र लुकाइ–छिपाइ राखिएको ६० हजार ५३० पिस ट्रामाडोल क्याप्सुल फेला पारेको हो । त्यही क्रममा सुटकेश बोकेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

थप अनुसन्धान गर्दा वीरगंज–२४ रामगढवास्थित उनीहरूकै डेराकोठाबाट १५,६४० पिस ट्रामाडोल क्याप्सुल समेत बरामद भएपछि कुल ७६,१७० पिस लागुऔषध फेला परेको हो । पक्राउ पर्नेमा वीरगंज–२४ रामगढवा बस्ने उमेर २० का युवराज पटेल, २१ वर्षका अफजल देवान, धादिङ बेनिघाट–रोराङ–६ का १९ वर्षीय रामहरि मगर र धादिङ सिद्धलेक–७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन्।

लागुऔषध तस्करीमा संलग्न रहेको आराेपमा पक्राउ परेकाहरूविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...