Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

सशस्त्र प्रहरीद्वारा ९१ के.जि. गाँजा बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे ठोरी गाउँपालिका–४ निर्मल बस्तीबाट ९१ के.जि. प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल पर्साले सिमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागू औषध ओसारपसार नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको छ । बिहिबार सीमा सुरक्षा टोली सुवर्णपुरबाट खटिएको टोलीले ९–१० जना व्यक्तिहरूलाई नाम्लो लगाएर ढाँडमा बोकी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १० वटा प्लास्टिकको पोका नियन्त्रणमा लिएको थियो।

पोका खोली निरीक्षण गर्दा सबैमा लागू औषध गाँजा भएको पुष्टि भएको थियो । बरामद भएको गाँजाको कुल तौल ९१ के.जि. रहेको छ । बरामद गाँजा आवश्यक प्रक्रिया पूरा गरी ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हे. क्वा सुचना अधिकार डिएसपी विश्वराज योन्जनले जानकारी दिए ।

उनका अनुसार लागू औषध ओसारपसार र प्रयोगले समाजमा दुरगामी नकारात्मक प्रभाव पार्ने भएकाले सशस्त्र प्रहरीले यस किसिमका नियन्त्रण गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरिंदै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...