Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

जीवन ज्योतिमा ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ सम्पन्न

spot_img
spot_img

वीरगंज । जीवन ज्योति सेकेन्डरी स्कुल वीरगंजले बिहीबार ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमकाे उद्घाटन मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेनु अग्रवालले गरेकी थिइन्।

मानवसेवा आश्रम वीरगंजका संस्थापक एवं समाजसेवी देवेश गुप्ता, वीरगंज युवा समाजका अध्यक्ष सन्जिव थापा, लायन्स क्लब वीरगंज परिवारका अध्यक्ष नरोतम पाण्डे, स्कुल संचालिका मिनाक्क्षी गुप्ता लगायतका विशिष्ट व्यक्तिहरू कार्यक्रमका सहभागी रहे।

एलकेजी, युकेजी र नर्सरी कक्षाका स–साना बालबालिकाले प्रस्तुत गरेको नाटक, नृत्य र सांगीतिक कार्यक्रमले अतिथि र अभिभावकलाई मन्त्रमुग्ध पारेको थियो। बालबालिकाको उत्साह र हजुरबुबा–हजुरआमाप्रतिको सम्मान झल्किने वातावरणमा कार्यक्रम विशेष रूपमा मनाइएको विद्यालयले जनाएको छ।

हजुरबुबा–हजुरआमाहरूका लागि विभिन्न रमाइला खेल (गेम) समेत भएको र विजेताहरूलाई गिफ्ट प्रदान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा हजुरबुबा–हजुरआमाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्कुलका संचालक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सञ्चारकर्मी उज्ज्वल घिमिरेले गरेका थिए। विद्यालयले शैक्षिक गतिविधिसँगै नियमित रूपमा यस्ता प्रेरणादायी तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...